काठमाण्डाै – निर्वाचन आयोगले रुपन्देही क्षेत्र नम्बर–५ मा नेकपा एमालेका वासुदेव घिमिरेको उम्मेदवारीलाई आधिकारिता दिएको छ ।हिजो आइतवार रुपन्देही–५ मा एमालेका वासुदेव घिमिरे र खिमलाल भट्टराईले आफूलाई आधिकारिक भन्दै उम्मेदवारी दिएका थिए । भट्टराईले त राष्ट्रिय सभा सदस्य पदबाटै राजीनामा दिएर उम्मेदवारी दिनुभएको थियो । तर एउटै पार्टीको उम्मेदवारी परेमा पहिला जसले दर्ता गरायो उसैले आधिकारिकता पाउने निर्वाचन निर्देशिका २०७८ मा प्रस्टरूपमा उल्लेख गरिएको निर्वाचन अधिकृत चिन्तामणि शर्माले जानकारी दिनुभयो ।सुरुम...