अमेरिकाको पेन्सिल्भेनिया शहरमा पक्षीविद् जेम्स आर हिल तृतीयले दुर्लभ चराको तस्वीर खिच्न सफलता पाएका छन् ।
यो चरो आधा भाले आधा पोथी हो ।
जीवनमा एकपटक मात्र यस दुर्लभ पक्षीलाई देख्न पाइने जेम्सले बताए । १० लाख चरामा एउटा चरा यस्तो हुने उनको भनाइ छ ।
यसको नाम कार्डिनल चरा हो । भालेपट्टिको भाग रातो र पोथीपट्टिको भाग खैरो तथा सेतो रंगको छ ।
डबल फर्टिलाइजेसनका कारण चरामा यस्तो परिवर्तन आउँछ । यसमा पोथीको अण्डाका कोशिकाहरू दुई नाभिका साथ विकसित हुन्छन् र दुई शुक्राणुबाट निषेचित हुन्छन् ।&nb...