पूर्वाञ्चल विश्वविद्यालयले गर्यो परीक्षा स्थगित

पूर्वाञ्चल विश्वविद्यालयले कोरोनाभाइरस संक्रमण जोखिमलाई मध्यनजर गर्दै सबै संकायका वार्षिक र सेमेस्टर प्रणालीका परीक्षा स्थगित गरेको छ । परीक्षा नियन्त्रक प्रा.मोहनबहादुर बस्नेतले शुक्रबार सूचना जारी गरेर पूर्व प्रकाशित परीक्षा तालिका अनुसार सबै संकायअन्तर्गत विभिन्न शैक्षिक कार्यक्रम (वर्ष/सेमेष्टर)का सञ्चालनमा रहेका र सञ्चालन हुन बाँकी परीक्षाहरू स्थगित गरिएको जानकारी दिएका हुन् । उनका अनुसार ९ माघदेखि माघ मसान्तसम्मका सबै परीक्षा स्थगित गरिएको हो । 

सम्बन्धित सामग्री

पूर्वाञ्चल विश्वविद्यालले पनि स्थगित गर्‍यो सबै परीक्षा

काठमाडौं : पूर्वाञ्चल विश्वविद्यालय माघ १० गतेदेखि माघ मसान्तसम्म तय गरिएका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ। विश्वविद्यालयले आज एक विज्ञप्ति निकाल्दै कोभिड १९ को संक्रमण बढेको भन्दै सबै परीक्षा स्थगित गरेको जनाएको हो। आजै मध्यपश्चिम विश्वविद्यालयले पनि परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको थियो। त्यस्तै त्रिभुवन विश्वविद्यालयले यसअघि नै ९…

टीयू र पीयूले परीक्षा नरोक्ने, केयूको परीक्षा स्थगित

६ माघ, काठमाडौं । विश्वविद्यालयहरुले स्नातक तहको वार्षिक परीक्षा अहिले सञ्चालन गरिरहेका छन् । त्रिभुवन विश्वविद्यालय (टीयू) र पूर्वाञ्चल विश्वविद्यालय (पीयू)ले ओमिक्रोन भाइरसको तीव्र संक्रमण बाबजुद परीक्षा रोकेका छैनन्। संक्रमण बढ्दा पनि भौतिक उपस्थितिमा परीक्षा दिनैपर्ने बाध्यता सिर्जना गरिएको र मापदण्ड पालना नगरिएको गुनासो विद्यार्थीहरुले गरिरहेका छन् । तर टीयू, पीयू र शिक्षा मन्त्रालय पनि […]