झडपमा घाइते भएका पूर्वमन्त्रीसहित ४ जनालाई काठमाडौं ल्याइयो

धनुषामा प्रहरीसँगको झडपका क्रममा घाइते भएका पूर्वमन्त्री रामचन्द्र झासहित ४ जनालाई उपचारका लागि काठमाडौं पठाइएको छ । प्रचण्ड नेपाल पक्षको हड्तालका क्रममा प्रहरीसँग भएको झडपमा लाठीचार्जबाट  झाको टाउकोमा गम्भीर चोट लागेको छ । यस्तै अन्य घाइते नेकपा स्थायी समिति सदस्य मातृकाप्रसाद यादव, शहिदनगर नगरपालिकाका नगर प्रमुख उदय बरबरिया, प्रदिप साहलाई पनि उपचारका लागि नेकपा धनुषाका सचिव दिपक यादवले जानकारी दिए ।  

सम्बन्धित सामग्री

राष्ट्रपति चढेको हेलिकप्टरबाट भूकम्पका घाइतेलाई काठमाडौं ल्याइयो

२१ कात्तिक, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौंडेलले चढेर भूकम्प प्रभावित क्षेत्र पुगेको हेलिकप्टरबाट नै घाइतेको उद्धार गरिएको छ । राष्ट्रपति सवार हेलिकप्टरले भूकम्पमा परी घाइते भएका जाजरकोट नलगाड गाउँपालिकाका वीरबहादुर पुनलाई थप उपचारका लागि सुर्खेतबाट सँगै काठमाडौं ल्याइएको हो । राष्ट्रपति पौडेल रुकुम (पश्चिम) र जाजरकोटमा पुगेर भूकम्प प्रभावित क्षेत्रको निरीक्षणपछि काठमाडौं फर्किएका हुन् । […]

ढुङ्गा लागेर घाइते गुरुङलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो

गोरखा – गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर ३ सल्लेरीनजिकै ढुङ्गा लागेर घाइते भएका ४८ वर्षका गणेश गुरुङलाई उद्धार गरी हेलिकप्टरबाट काठमाडौँ ल्याइएको छ। पहाडबाट खसेको ढुङ्गा लागेर गुरुङ गम्भीर घाइते भएका थिए। मनास्लु पदमार्गमा हिँडिरहेका बेला गुरूङमाथि भिरबाट खसेको ढुङ्गा लागेको हो। उनलाई बुधबार नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको छ। हाल […]

हिमपहिरोमा परेका ६ जनालाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

काठमाडौं, ११ असोज । गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित मनास्लु हिमालको शिविरमा हिमपहिरोमा परेर घाइते भएका मध्ये ९ जनाको उद्धार गरिएको छ । ६ जना घाइतेहरुलाई हेलिकप्टरमार्फत उद्धार गरेर काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ । उनीहरुको कपनस्थित करुणा अस्पतालमा उपचार भइरहेको छ । हिमपहिरोमा परेर अनुप राईका भने मृत्यु भएको छ । मनास्लु हिमालको तेस्रो र […]

घाइते सांसदलाई थप उपचारका लागि काठमाडौं ल्याइयो

साङ्घातिक आक्रमणबाट घाइते भएका जनता समाजवादी पार्टी नेपालका संसदीय दलका प्रमुख सचेतक प्रमोद साहलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ ।  आज विहान सर्लाही, इश्वरपुर नगरपालिका बयलबास बजारमा बाटो निर्माणको सम्बन्धमा भएको विवादमा सांसद साहमाथि आक्रमण भएको थियो । आक्रमणमा परी उनी घाइते भएका थिए । साहको टाउकोमा गहिरो चोट लागेको छ । स्थानीय अस्पतालमा उपचारपछि थप उपचारका लागि काठमाडौँ ल्याइएको सर्लाही जिल्लाका डिएसपी माधव बुढाथोकीले रातोपाटीलाई जानकारी दिए । इश्वरपुर नगरपालिकामा बाटो निर्माण

जीप दुर्घटनाका गम्भीर घाइतेलाई काठमाडौं ल्याइयो, चालक भने फरार

सल्यान, २२ कात्तिक । सल्यानबाट तुलसीपुरतर्फ आउँदै गरेको यात्रुवाहक जीप बबई गाउँपालिकामा दुघर्टना हुँदा गम्भिर घाइते भएका एक जनालाई काठमाडौं पठाएको प्रहरीले जनाएको छ । भे १ ज ५२२ नम्बरको जीप सल्यानको कालीमाटीदेखि तुलसीपुरतर्फ आउँदै गर्दा दुर्घटनामा परेको थियो । जीपका चालक भने हालसम्म फरार रहेको प्रहरीले जनाएको छ । अन्य घाइतेहरुको भने उपचारको लागि […]

धादिङमा ट्रक दुर्घटना, घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

धादिङ, १४ भदौ । धादिङको निलकण्ठ नगरपालिका–८ बगैचामा आज ट्रक दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । दुर्घटनामा पर्ने मध्ये ७ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । ज्वालामुखी गाउँपालिका खरीबाट धादिङबेशी तर्फ आउदै गरेको बा ३ ख ५६२६ नम्बरको आइचर रोकिराखेको बा ३ ख ५७४४ नम्बरको ट्रिपरमा ठोकिएर दुर्घटना भएको हो । […]

मातृका यादवसहित चार घाइतेलाई काठमाडौं ल्याइयो

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहले आयोजना गरेको नेपाल बन्दका क्रममा जनकपुरमा प्रहरीसँगको झडपमा परी घाइते भएका सो समूहका नेता मातृका यादव र रामचन्द्र झा सहित चार जनालाई काठमाडौं ल्याइएको छ । चारै नेतालाई उपचारको लागि काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना गरिएको नेकपाले जनाएको छ । चारैजनालाई साँझ बुद्ध एयरको विमानबाट थप उपचारको लागि काठमाडौं ल्याइएको हो । झडपमा यादव र झासहित धनुषाको सहिदनगर नगरपालिका मेयर उदय बरबरिया र धनुषाको हंशपुरका कार्यकर्ता प्रदीप साह समेत छन् । झडपमा घाइते अन्य नेता कार्यकर्ताको जनकपुरमै उपचार भइरहेको छ । प्रचण्ड–माधव समूहले बिहीबार गरेको आम हड्तालमा बन्द गराउने क्रममा जनकपुरको शिवचौकमा दिउँसो प्रहरीसँग झडप हुँदा एकदर्जन बढी नेताकार्यकर्ता घाइते भएका थिए ।