जावलाखेलमा सुरु भयाे २३ औँ 'फ्लोरा एक्स्पो'

ललितपुर – ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ २३ औँ फ्लोरा एक्स्पो–२०७८ ललितपुरको जावलाखेलमा आज बिहीवारदेखि सुरु भएको छ । पुष्पजन्य वस्तुको बजार विस्तार तथा प्रवर्द्धन गर्ने उद्देश्ले फ्लोरिकल्चर एसोसिएशन नेपालले आयोजना गरेको  एक्स्पो आउँदाे चैत १३ गतेसम्म सञ्चालन हुनेछ ।  कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण गएको दुई वर्षदेखि बन्द रहेको एक्स्पोमा पुष्प व्यवसाय सञ्चालनका लागि आवश्यक औजारहरूको समेत प्रदर्शनी गरिएको एसोसिएशनका वरिष्ठ उपाध्यक्ष एवम् एक्स्पो आयो...