काठमाण्डाै - प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव आउन अब १२ दिन मात्रै बाँकी छ । चुनाव नजिकिएसँगै उम्मेदवारहरु चुनावी एजेण्डा मतदाताका घर-घर पुर्याउन दिनरात खटिएका छन्।
चुनावमा मुख्य प्रतिस्पर्धा प्रायः राजनीतिक दलका उम्मेदवार बीच नै हुने हो । तर प्रजातान्त्रिक शासन व्यवस्थामा स्वतन्त्ररुपमा समेत उम्मेदवारी दिन कसैलाई पनि रोक नलगाएकाले यसपटकको चुनावमा ‘स्वतन्त्र उम्मेदवार’हरुको लहर नै चलेको छ ।
वैशाखमा सम्पन्न पालिका चुनावमा धरानबाट हर्क साम्पाङ, काठमाण्डाैमा बालेन शाह र धनगढीबाट गोपाल हमाललगा...