सुनचाँदी कालिगढ संघ जनकपुरधामको अध्यक्षमा ठाकुर

जनकपुरधाम । सुनचाँदी कालिगढ संघ जनकपुरधामको अध्यक्षमा नागेन्द्रकुमार ठाकुर चयन भएका छन् । शनिवार सम्पन्न सुनचाँदी कालिगढ संघ जनकपुरधामको निर्वाचनमार्फत उनको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरिएको हो । ठाकुरले १२८ मत पाएका थिए । उनका प्रतिद्वन्द्वी विजयकुमार ठाकुरले ९१ मत र शिव ठाकुरले ७३ मत पाए । १७० मत प्राप्त गर्दै मनोजकुमार ठाकुर संघको उपाध्यक्षमा निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी दिनेश ठाकुरले १२८ मत प्राप्त गरे । त्यस्तै महासचिवमा १५६ मतसहित वीरेन्द्रकुमार साह निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी अनिलकुमार साहले १४३ मत प्राप्त गरे । कोषाध्यक्षमा १६१ मतसहित प्रमेश्वर साह निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी सुमन ठाकुरले १४२ मत प्राप्त गरे ।