दमौली– तनहुँको व्यास नगरपालिका–१ स्थित भादगाउँ करादी खिरखाँदी खानेपानीको पाइप लाइनमा पहिरोले क्षति पुर्याएको छ । एक साताअघिको पहिरोले व्यास नगरपालिका–१३ निउरोघारीमा पाइपलाइन क्षति हुँदा खानेपानी वितरण प्रभावित भएको छ । खानेपानीको मुहानको मुख्य पाइपलाइनको ५० मिटर जीआई पाइपमा क्षति पुगेको भादगाउँ खानेपानी उपभोक्ता समितिका सचिव राजेश्वर हड्खलेले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय तथा […]