सोलुखुम्बुको नेचासल्यान गाउँपालिका-४ स्थित एक मतदानकेन्द्रका अधिकृत सुतेकै ठाउँमा मृत भेटिएका छन् । फुर्के सामुदायिक वन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय शनिबार बिहान सुतेकै ठाउमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।