हाल काठमाडौं उपत्यकामा बर्डफ्लुको त्रास देखिएको छ । ललितपुरको खुमलटार, नागार्जुन–६रामकोट, तार्केश्वर–७, संगालछाप र शंखमूलमा बर्डफ्लु देखिएको छ ।बर्डफ्लु संक्रमणको डरले धेरैले मासु तथा अण्डा पनि खान छोड्ने गर्छन् । बर्डफ्लूको समयमा कुखुरा र अण्डा खान सकिन्छ? खानु सुरक्षित छ? भन्ने प्रश्न धेरेको मनमा उब्जिन सक्छ ।