पृथ्वी जयन्ती विदेशी हस्तक्षेपविरुद्धको एकता : मनीषा कोइराला

काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले राष्ट्रिय एकताका लागि पृथ्वी जयन्ती मनाउन सबैसँग अपिल गर्नुभएको छ । आधुनिक नेपालको सम्मान नै पृथ्वीनारायण प्रतिको सम्मान हो भन्दै कोइरालाले राष्ट्रिय एकता दिवसको मूल्यलाई सम्झिएर यो दिवस मनाउन आग्रह गर्नुभयो । राजनीतिक अस्थिरता भए पनि देश अस्थिर बन्न नहुने बताउँदै पृथ्वीजयन्तीलाई राष्ट्रिय मान्यता दिलाउन कोइरालाको माग छ । ‘विगतका कुरा बिर्सेर पृथ्वीजयन्ती मनाउन म सबैलाई आग्रह गर्दछु’, मंगलबार आयोजित एक कार्यक्रममा कोइरालाले भन्नुभयो, ‘पृथ्वीनारायण शाहको अवमूल्यन भएको छ । आधुनिक नेपालको सम्मान नै उहाँको सम्मान हो । विदेशी हस्तक्षेपलाई अब टिक्न दिनु हुँदैन,’ सरकारले पृथ्वीजयन्तीलाई राष्ट्रिय दिवसको मान्यता दिएको छैन । नेपाली कांग्रेसको लिगेसी बोकेको कोइराला परिवारले पनि पृथ्वी जयन्ती मनाउन छोडेको छ । तर, मनीषाले पुस २७ गते २९९ औँ र्पथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन रत्नपार्कमा भेला हुन सबैसँग आग्रह गर्नुभएको छ ।

सम्बन्धित सामग्री

‘राजनीतिक अनिश्चितताका कारण राष्ट्र डग्मगाउनु भएन’

प्रायः मनोरञ्जनात्मक कार्यक्रममा देखिने अभिनेत्री मनीषा कोइराला मंगलबार हिन्दु राष्ट्र र राजसंस्थानिकट मानिने राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती मनाउन आह्वान गरिरहेकी थिइन् । राजधानीमा आयोजित कार्यक्रममा सहभागी उनले आगामी पुस २७ मा पृथ्वीनारायण शाहको जन्म जयन्तीसहित राष्ट्रिय एकता दिवस भव्य रूपमा मनाउनसपर्नेमा जोड दिइरहेकी थिइन् ।

पृथ्वी जयन्ती मनाउने मूल समारोह समितिमा अभिनेत्री मनीषा कोइराला

पृथ्वीनारायण शाहको जन्म जयन्ती मनाउने मूल समारोह समितिमा अभिनेत्री मनीषा कोइराला समेत बसेकी छन् । समितिमा पूर्वडिआईजी रमेश खरेल पनि छन्