नबिल बैंक सोवा हेल्थ केयर सम्झौता

काठमाडौं (अस) । नबिल बैंकले सोवा हेल्थ केयरसँग बैंकका ग्राहक तथा कर्मचारीलाई अस्पतालका बिभिन्न सेवा–सुविधामा छुट दिने सम्झौता गरेको छ । सम्झौतापछि नबिल बैंकका प्रिपेड, डेबिट तथा क्रेडिट कार्डवाहकले लाभ लिन सक्नेछन् । ललितपुरको एकान्तकुनामा रहेको सोवा हेल्थ केयरले अत्याधुनिक प्रविधियुक्त पोलिक्लिनिक हो, जसले चिकित्सा र टेलिमेडिसिन सेवा दिँदै आएको छ । हाल नबिल बैंकले १३५ शाखा, १८७ एटीएममार्फत बैंकिङ सेवा दिँदै आएको छ ।