काठमाण्डाै – निर्वाचन आयोगले आउँदो १७ गतेदेखि पालिकाहरूको केन्द्रबाट मतदाता नामावली सङ्कलन गर्ने भएको छ । अहिले सबै जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र ४० वटा इलाका प्रशासन कार्यालयबाट मतदाता नामावलीका लागि नाम दर्ता तथा फोटो खिचाउने काम गरिरहेको आयोगले मङ्सिर १७ देखि पालिकाको केन्द्रमा टोली पठाएर नामावली सङ्कलन गर्न लागेको हो ।
हिमाली र पहाडी जिल्लाका पालिकामा १० दिन र तराईका जिल्लामा १५ दिनसम्म टोली रहनेछ । निर्वाचन आयोगले इलाका प्रशासन कार्यालय रहेका ६ सय ३७ पालिकामा टोली पठा...