चुनाव अवधीमा नेपाल–भारत सिमा नाका तीन दिन बन्द हुने

मंसिर १० हुने पहिलो चरणकाे प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षाका लागि नेपाल–भारत सिमा नाका तीन दिन बन्द हुने भएका छन् । निर्वाचनका लागि बैतडीको भारतसँग जोडिएको सिमा नाका झुलाघाट र दार्चुला ७२ घण्टाका लागि बन्द हुने भएको हो ।