कांग्रेसका क्षेत्रीय प्रतिनिधिको घाँटी रेटेर हत्या

नेपाली कांग्रेसका स्थानीय नेताको घाँटी रेटेर हत्या भएको छ । कांग्रेसको क्षेत्रीय प्रतिनिधिसमेत रहेका रोल्पा नगरपालिका–६ दार्बोटका ५६ वर्षका पूर्णबहादुर बुढाको आफ्नै घरमा सोमबार राति घाटी काटेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।