ओखलढुंगामा आफ्नै भाइले दाजुको हत्या गरेका छन् । जिल्लाको खिजीदेम्बा गाउँपालिका ५ ढाडखर्कमा अंशबन्डासम्बन्धी विवाद हुँदा ६७ वर्षीय शेरबहादुर तामाङले आफ्नै दाजु ६८ वर्षीय मित्रबहादुर तामाङको हत्या गरेका हुन् । हत्या आरोपमा मृतकका भाइ शेरबहादुर र उनका छोरा ३६ वर्षीय वीरबहादुर तामाङ पक्राउ परेका छन् । उनीहरुलाई हत्यामा प्रयोग गरेका खुकुरी र दापसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।आक्रमणपछि टाउकोमा गहिरो चोट लागेर मित्रबहादुरको घटनास्थलमा नै मृत्यु भएको ओखलढुंगा प्रहरी