कांग्रेस प्रमुख सचेतक र सचेतकमा चित्रलेखा यादव र मीनबहादुर नियुक्त

काठमाडौँ – नेपाली कांग्रेसको प्रतिनिधिसभातर्फको संसदीय दलको प्रमुख सचेतकमा चित्रलेखा यादव र सचेतकमा मीनबहादुर विश्वकर्मा नियुक्त भएका छन्। नवनियुक्त प्रमुख सचेतक विश्वकर्माका अनुसार पार्टीको संसदीय दलका नेता शेरबहादुर देउवाले दुवैजनालाई आज सो जिम्मेवारी दिएका हुन्। यसअघि प्रमुख सचेतक रहेका बालकृष्ण खाँण गृहमन्त्री छन्। सचेतक रहेकी पुष्पा भुसाल उपसभामुख निर्वाचित भएपछि दुवै पद रिक्त थियो।