आत्मानन्द कप : झापा-११ लाई हराउँदै फिदिम सेमीफाइनल प्रवेश

इलाम : इलामको माङसेबुङमा जारी १४ औं संस्करणको आत्मानन्द कपमा फिदिम स्पोर्टिङ क्लब पाँचथर सेमीफाइनलमा प्रवेश गरेको छ। आत्मानन्द खेल मैदानमा भएको खेलमा झापा–११ लाई १–० गोल अन्तरले हराउँदै फिदिम अन्तिम चारमा प्रवेश गरेको हो।पाँचथरको जितमा ५५ औं मिनेटमा दिनेश लिम्बूले निर्णायक गोल गरे। खेलको म्यान अफ दि म्याच फिदिमका दिनेश लिम्बू घोषित भएसँगै नगद पाँच हजार रूपैयाँसहित प्रमाणपत्र र मेडल प्राप्त गरे।प्रतियोगिता अन्तरगत आज अन्तिम क्वाटरफाइनल खेल डिफेन्डिङ च्याम्पियन भारतको मानेभञ्ज्याङ फुटब