काठमाण्डौ – सरकारले एक सय तीन प्रकारका एन्टिबायोटिकको प्रयोग नगर्न उपभोक्ता र सरोकारवालालाई निर्देशन दिएको छ । औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले एन्टिबायोटिकको प्रयोगलाई न्यूनीकरण गर्न र रोकथाम तथा नियन्त्रण गर्नका लागि प्रयोगमा नल्याउन निर्देशन दिएको बताउनुभयो । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले पनि ती औषधिको प्रयोगका लागि सिफारिस गरेको छैन । उहाँले ती एन्टिबायोटिकको प्रयोग गर्न औचित्य नभएको समेत बताउनुभयो । ‘डब्ल्यूएचओले प्रयोगमा नल्याउने भनेर एक सय तीन प्रकारका एन्टिबायोटिकको...