कोरोनाले गरिबी बढाउने

अर्थमन्त्री डा. युवराज खतिवडाले कोभिड–१९ ले बहुसङ्ख्यक जनतालाई बेरोजगारी र गरिबीतर्फ धकेलेको बताउनुहँुदै देशले गरिबी निवारणमा प्राप्त गरेको प्रयास र सफलता यसले कमजोर बनाएको धारणा व्यक्त गर्नुभएको छ ।

सम्बन्धित सामग्री

गरिबी निवारण दिवस र नेपालको अवश्था

अक्टोबर १७ मा गरिबी निवारण दिवस मनाइरहँदा नेपालमा भने गरिबी निवारण भएको देखिन्न, न्यूनीकरण मात्रै भइदिएको भए पनि खुसी मान्नुपर्ने अवस्था छ । तर, अतीतको भूकम्प र हालको कोरोनाले गरिबीको तथ्यांक झन् बढाएको छ, घटाएको छैन । घुमिफिरी दसैं आयो, गयो पनि । बजारमा धमाधम म्याद सकिएका सामान बिक्री भइरहेका छन् । बस भाडालगायत सबैको […]

सन् २०२० ट्रम्पले धम्क्याए कोरोनाले तर्सायो

सन् २०२० विश्वकै लागि कोरोना कहर वर्ष बन्यो । विश्वव्यापीरूपमा फैलिएको कोरोना महामारीले अकल्पनीय जनधनको क्षति भयो । यस शताब्दीकै विनासकारी यो महामारीमा करिब १७ लाख मानिसको मृत्यु भयो भने सात करोडभन्दा बढी सङ्क्रमित बने । आर्थिक गतिविधि ठप्प हुँदा करोडौँ मानिसको रोजगारी खोसियो । गरिबी बढ्यो । विश्व अर्थतन्त्र खुम्चियो । पर्यटन र हवाई क्षेत्र तहसनहस भयो । अथक प्रयाससँगै वर्षको अन्त्यमा कोरोना खोप बन्यो र लगाउन सुरु गरेपछि विश्वमै आशा सञ्चार भएको छ । तर कोरोना महामारी रोकिएको छैन । कोरानाबाट मर्ने र सङ्क्रमित हुने क्रम जारी छ । तेस्रो विश्वका गरिब देशमा कोरोना खोप पुग्न बाँकी छ ।

दिगो विकास प्राप्तिमा विश्वव्यापी चुनौती

हाल विश्वव्यापी रूपमा कोरोनाले सबै जनमानसलाई कुनै न कुनै रूपमा प्रभावित बनाएको छ । यसले पनि उही दिगो विकास लक्ष्यको सिद्धान्त ‘लिभ नो वन बिहाइन्ड’ झैं विश्वव्यापी रूपमा कसैलाई पनि छोडेन । सन् २०१६ देखि सन् २०३० सम्म लागू हुने गरी नेपाललगायत विश्वका १ सय ९३ राष्ट्रले दिगो विकास लक्ष्यका १७ लक्ष्य, १ सय ६९ उपलक्ष्य र त्यसभित्रका विश्वव्यापी सूचकांकहरूलाई कार्यान्वयन गर्ने लिखित प्रतिबद्धता गरेका छन् । सन् २०३० सम्म गरिबी निवारण गर्ने, असमानता र अन्यायविरुद्ध लड्ने, मौसम परिवर्तनको सामना गर्ने, गुणस्तरीय शिक्षा प्रदान गर्ने जस्ता १७ वटा लक्ष्यहरू समेटिएको दिगो विकास लक्ष्य, २०३० को कार्यसूची विश्वभरका नेताहरूद्वारा सेप्टेम्बर २०१५ मा अवलम्बन गरी स्वीकार गरिएको हो । दिगो विकासका लक्ष्यहरू विश्वव्यापी लक्ष्यका रूपमा चिनिन्छन्, जुन आफैंमा अत्यन्त महत्वकांक्षी लक्ष्यहरू हुन् ।

अर्थतन्त्रका बारेमा कहिले सोच्ने ?

कोरोनाभाइरस (कोभिड–१९)को चर्चा हुँदा विश्वव्यापी रूपमा पहिले व्यक्तिको स्वास्थ्य र सुरक्षालाई प्राथमिकता दिइन्छ भने त्यसपछि मात्र अर्थतन्त्र र अन्य क्षेत्र प्राथमिकतामा पर्छन् । हुन पनि ‘बाँचे संसार देख्न पाइन्छ’ भन्ने उखान पहिलेदेखि नै चल्दै आएको छ । यसैले कोरोनाभाइरसको ‘चेन ब्रेक’ गरेर यसको संक्रमण फैलिन नदिनु र संक्रमितहरूको राम्रो उपचार व्यवस्थामा नै अहिले सम्पूर्ण विश्व एकमत छ । यद्यपि, संक्रमणका सन्दर्भमा जति सावधानी जरुरी छ त्यति नै जरुरी आसन्न विकराल आर्थिक संकटप्रति चनाखो हुनु आवश्यक छ । कोरोनाले भोलिका दिनमा ल्याउने ठूलो आर्थिक संकट, गरिबी तथा त्यसबाट सिर्जना हुनसक्ने अनेकौं सामाजिक समस्याजस्ता विषयमा अहिले संवेदनहीन बन्न सकिँदैन । यसैले अर्थतन्त्रको गतिलाई सावधानी र सुरक्षित रूपमा अघि बढाउन ढिला गर्नु हुँदैन ।