न्यू बिजनेश एजद्वारा स्टार्टअपहरूलाई प्रशिक्षण : 'स्टार्टअप शुरू गर्दा सिकेर मात्र गरौं'

काठमाडौं । न्यू बिजनेश एजद्वारा स्टार्टअपहरूको सिकाइ र अनुभव आदानप्रदानको उद्देश्यसहित प्रशिक्षण दिइएको छ । शुक्रवार काठमाडौंमा सम्पन्न प्रशिक्षण कार्यक्रममा ४० जना स्टार्टअप उद्यमीहरूको सहभागिता रहेको थियो ।  स्टार्टअपहरूलाई दिइएको विशेष प्रशिक्षणका स्रोत व्यक्ति/प्रशिक्षक सफल पाटनर्सका संस्थापक आशुतोष तिवारी रहेका थिए । प्रशिक्षक तिवारीले स्टार्टअप उद्यमीहरूलाई उपभोक्तासँगको प्रत्यक्ष सम्पर्क स्थापित गर्न प्रश्न गर्ने परिपाटीको विकास गर्नुपर्ने बताए । प्रश्न गर्ने बानीले उपभोक्ता र आफ्नो वरिपरिको बाँकी संसारसँग पनि घुलमिल हुन सकिने धारणा राख्दै उनले नेपालका उद्यमीहरूको प्रश्न नै नगर्ने बानी ठीक नभएको बताए । ‘स्टार्टअप शुरू गर्दा सिकेर मात्र शुरू गर्नुपर्दछ । अगाडि बढ्ने यर्थाथमा उभिएर हो, कल्पनामा आधारित भएर निर्णय लिनु हुँदैन ।’ सफल पाटनर्सका संस्थापक तिवारीले आफ्नो अनुभव राख्दै भने, ‘अनुभव बाट सिक्ने गर्नुपर्दछ । सिक्ने कुरा कहिल्यै छोड्नु हुँदैन, सधैं सिक्ने बानीलाई अँगाल्नुपर्दछ । सफल र अनुभवी मानीसबाट आफ्नो व्यवसायको लागि आवश्यक कुरा सिक्नलाई सदैव प्रयत्नशील रहनुपर्दछ ।’ आफ्नो उत्पादनलाई समयसँगै परिमार्जित गरेर लग्नुपर्नेमा जोड दिएका तिवारीले परिमार्जित गर्दै जाँदा वस्तु राम्रो बन्दै जान्छ र समयसापेक्ष परिवर्तनबाट उत्पादनलाई दीर्घकालसम्म बजारमा टिकाइराख्न सहयोग मिल्ने धारणा राखे । अहिलेको बजार प्रतिस्पर्धात्मक रहेकाले सेवा प्रदानमा विशेष ध्यान दिँदै निरन्तर बजारीकरण गरीराख्नुपर्ने उनको भनाइ छ ।  ‘यी सबै कुराको लागि उपयुक्त टिमको आवश्यकता पर्दछ । त्यस्तो किसिमको कामलाई फोकस गर्ने टिम बनाउनुपर्दछ,' उनले भने, 'साथै स्टार्टअपहरूले आफूजस्तै स्टार्टअपहरूसँग सम्पर्कमा रहने गरी च्यानल निर्माण पनि गर्नु पर्दछ ।’ कानूनी र वित्तीय क्षेत्रलाई स्टार्टअपहरूले विशेष महत्त्वका साथ हेर्नुपर्नेमा सफल पाटनर्सका संस्थापक तिवारीले जोड दिए । अन्यथा विभिन्न खाले समस्याको सामना गर्नुपर्ने अवस्था आउन सक्ने उनको भनाइ छ ।  नेपालमा स्टार्टअपहरूको लागि लगानी जुटाउन केही असहजता रहे पनि असम्भव चाहिँ नरहेको प्रशिक्षक तिवारीले बताए । तर स्टार्टअपबाट स्थापित हुन निश्चित समय छुट्याउनुपर्ने साथै त्यही अवधिभित्र उद्यमलाई स्थापित गरिसक्ने किसिमले अगाडि बढ्नुपर्ने उनको धारणा छ ।  प्रशिक्षण कार्यक्रममा सहभागी स्टार्टअपहरूले आफ्ना प्रश्न, समस्या र अनुभवहरू सुनाएका थिए । साथै उनीहरूले स्टार्टअप प्रशिक्षण कार्यक्रमबाट धेरै नयाँ कुरा सिक्ने मौका मिलेको भन्दै न्यू बिजनेश एजप्रति आभार व्यक्त गरे । स्टार्टअपहरूको लागि आयोजित विशेष प्रशिक्षण कार्यक्रममा न्यू बिजनेश एजका प्रधान सम्पादक मदन लम्सालले स्टार्टअपहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम संचालन गरिएको बताए । ‘स्टार्टअपहरूलाई प्रोत्साहन गर्नु आर्थिक मिडियाको दायित्व हो । हामीले एउटा आर्थिक मिडियाको कर्तव्य स्वरूप नेपालको कठिन परिवेशमा स्टार्टअप संचालन गरिरहेका उद्यमीहरूका लागि प्रशिक्षण कार्यक्रम आयोजना गरेका हौं,' उनले भने, 'स्टार्टअपहरूलाई हौसला प्रदान गर्न न्यू बिजनेश एजले प्रत्येक वर्ष 'स्टार्टअप अवार्ड' कार्यक्रम पनि गर्दै आएको छ ।’   न्यू बिजनेश एजले 'स्टार्टअप समिट एण्ड अवार्ड-२०२३' संचालन गर्दै छ । यसमा देशभरिका २ हजार स्टार्टअपहरूबाट छानिएका उत्कृष्ट स्टार्टअप उद्यमीहरूलाई विभिन्न ३ विधामा अवार्ड दिइने छ । यस वर्ष न्यू बिजनेश एजले संचालन गर्ने 'स्टार्टअप समिट एण्ड अवार्ड'को नारा टु वार्डस् स्टार्टअप नेशन रहेको छ । 

सम्बन्धित सामग्री

हुम्ला कांग्रेसले जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम गर्ने

सिमकोट – नेपाली कांग्रेस हुम्लाले जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ। तीनै तहको निर्वाचनपछि कांग्रेस हुम्लाले बृहत् प्रशिक्षण कार्यक्रम आयोजना गर्न लागेको हो। कांग्रेस हुम्लाका सभापति मोहनविक्रम सिंहले भदौ २१ गते जिल्लामा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम आयोजना गर्न लागेको बताए। संगठन सुदृढीकरण गर्नका लागि कांग्रेसले प्रशिक्षण कार्यक्रम आयोजना गर्न लागेको हो। कार्यक्रम भदौ २१ […]

हानचाउ एशियाडको तयारी प्रशिक्षण वैशाखदेखि

काठमाडौँ : चीनको हानचाउमा हुने १९ औं एशियाली खेलकुदको तयारी प्रशिक्षण वैशाख ११ गतेदेखि शुरु हुने भएको छ।राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधवार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी गराए। पहिलो चरणको प्रशिक्षण वैशाख ११ देखि जेठ ३ गतेसम्म हुने भएको छ। त्यसमा ४२५ खेलाडी सहभागी हुनेछन्।२९५ खेलाडी सहभागी हुने दोस्रो चरणको प्रशिक्षण जेठ ६ देखि २५ गतेसम्म हुनेछ। अन्तिम चरणको प्रशिक्षण जेठ २६ देखि भदौ ३१ गतेसम्म सञ्चालन हुनेछ। अन्तिम चरणमा खेलाडी संख्या १६८ कायम हुनेछ।प्रशिक्षण

प्रशिक्षण लिँदै नयाँ सांसद

संसदीय कामकारबाही, अभ्यास, मूल्यमान्यता, मर्यादा र भूमिकाबारे प्रशिक्षण लिँदै छन् नयाँ सांसद    संघीय संसद्मा पहिलोपटक आएका सांसदलाई दलहरूले संसदीय कामकारबाही र भूमिकाबारे प्रशिक्षण दिन थालेका छन् । ४ मंसिरमा सम्पन्न निर्वाचनपछि बस्न...

एमालेले थाल्यो कार्यकर्ता प्रशिक्षण

काठमाडौं : नेकपा एमाले केन्द्रीय स्कुल विभागले कार्यकर्ताका लागि पार्टी कार्यालयमा पार्टी स्कुल (विषयगत प्रशिक्षण) दिन थालेको छ। एमाले जनसंगठन अखिल नेपाल किसान महासंघका सदस्यहरू पहिलो चरणमा स्कूलमा सहभागी गराएको हो। उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवाली र उपप्रमुख ईश्वरी रिजालले सहभागीहरूलाई प्रशिक्षण दिएका छन्। जनसंगठनबाट शुरू गरिएको प्रशिक्षण  तीन दिने प्रमुख ज्ञवालीले बताए। भदौ भरमा सात आठवटा जनसंगठनका पदाधिकारी तथा सदस्यहरूलाई प्रशिक्षण दिइसक्ने योजना रहेको उनको

सुर्खेतमा एमालेको कार्यकर्ता प्रशिक्षण कार्यक्रम, शंकर पोखरले प्रशिक्षण दिने

नेकपा एमालेले सुर्खेतमा आज कार्यकर्ता प्रशिक्षण कार्यक्रम राखेको छ । जिल्ला कमिटी सुर्खेतको आयोजनामा प्रशिक्षण कार्यक्रम गर्न लागिएको हो । प्रशिक्षण कार्यक्रमका लागि एमाले महासचिव शंकर पोखरेल सुर्खेत आइपुगेका छन् । यस्तै एमाले प्रदेश इञ्चार्ज यामलाल कँडेल लगायतका प्रदेश स्तरका नेताहरु पनि कार्यक्रममा सहभागि रहनेछन् ।एमालेले पछिल्लो समय निर्वाचन लक्षित प्रशिक्षणलाई तीब्रता दिएको छ ।

बन्द प्रशिक्षण बुधबारदेखि

चीनमा आयोजना हुने १९औं एसियाली खेलकुदका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पहिलो चरणको बन्द प्रशिक्षण बुधबारबाट सुरु गर्ने भएको छ।...

राष्ट्रिय फुटबल टिमको प्रशिक्षण सुरू

राष्ट्रिय फुटबल टिमको प्रशिक्षण मंगलवार सुरू भएको छ । अखिल नेपाल फुटबल संघको खेलमैदान सातदोबाटोमा प्रशिक्षण सुरू भएको हो ।

हुम्लामा फुटबल प्रशिक्षण सुरु

सिमकोट– कोरोना त्रास मत्थर हुँदा हिमाली जिल्ला हुम्लामा फुटबल प्रशिक्षण सुरु भएको छ। सम्भावना भएका खेलाडीका लागि जिल्लामा पहिलो पटक उक्त प्रशिक्षण कार्यक्रम सुरु भएको हो। सिमकोटस्थित खेल मैदानमा हुम्ला फुटबल एकेडेमीको आयोजनामा बिहीबारबाट ६ देखि १३ वर्ष र १३ वर्षदेखि माथिको उमेर समूह बनाएर प्रशिक्षण सुरु भएको एकेडेमीका सदस्य बुद्धि रोकायाले बताए। दुई घण्टासम्म […]

क्रिकेटको बन्द प्रशिक्षण शुरु

काठमाडौँ । नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षण आजदेखि शुरु भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा सो प्रशिक्षण शुरु भएको हो । नेपाली टोलीलाई मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले प्रशिक्षण दिइरहेका छन्। सोका लागि उनी गत साता श्रीलंकाबाट काठमाडौँ आएका हुन्। नेपाल क्रिकेट संघ (क्यान)ले स्कटल्याण्ड र नामिबियासँगको विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि […]