लगानी सम्मेलनमा सहभागी हुन विश्वका लगानीकर्तालाई आह्वान

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा जलविद्युत्, पर्यटन, कृषि तथा उत्पादन लगायतका क्षेत्रमा लगानी गर्न विश्वका लगानीकर्तालाई आह्वान गरेका छन् । संयुक्त अरब इमिरेट्सको दुबईमा आयोजित विश्व सरकार शिखर सम्मेलन (वल्र्ड गभर्मेन्ट्स समिट)मा नेपालको निजी क्षेत्रका तर्फबाट प्रतिनिधित्व गर्दै अध्यक्ष ढकालले नेपालमा लगानीका प्रचुर सम्भावना रहेकाले विश्वका लगानीकर्तालाई यसबाट लाभ लिन आग्रह गरेका हुन् । उनले भने, ‘नेपालमा जलविद्युत्, पर्यटन पूर्वाधारको विकास, कृषिको आधुनिकीकरण र उत्पादनमूलक क्षेत्रहरूमा लगानीका प्रचुर सम्भावना रहेकाले लगानीका लागि विश्वभरका लगानीकर्तालाई आह्वान गर्दछु ।’ नेपाल सरकारले मुलुकमा लगानीको प्रक्रिया सरल बनाउन, नियामकीय कतिपय झन्झट कम गरी पारदर्शिता अभिवृद्धि गर्न र व्यावसायिक वातावरण निर्माण गर्न नेपाल सरकारसहित निजीक्षेत्रका तर्फबाट पहल भइरहेको उनले बताए । ‘नेपाल सरकारले यही अप्रिल २८–२९ मा आयोजना गर्न लागेको नेपाल लगानी शिखर सम्मेलन २०२४ लाई ध्यानमा राख्दै नेपालमा लगानीको अनुकूल वातावरण बनाउन केही ऐन, नियममा संशोधनको प्रक्रिया अगाडि बढाएको छ,’ उनले भने, ‘विभिन्न सम्भावित साझेदार मुलुकसँग द्विपक्षीय लगानी सम्झौता गरी लगानी सुरक्षाको प्रत्याभूति गर्न गइरहेको छ । यसले दुई देशबीच व्यावसायिक गतिविधि विस्तारमा सहज वातावरण बनाउनेछ ।’ नेपालले आयोजना गरेको सो लगानी सम्मेलनमा सहभागी हुन पनि उनले सबैसँग आग्रह गरे । ‘सेपिङ फ्युचर गभर्मेन्ट’ नाराका साथ आयोजना भइरहेको उक्त सम्मेलनमा विश्वका विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुख अन्तरराष्ट्रिय संघसंस्था, राजनीतिक दल तथा निजीक्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको छ । शिखर सम्मेलनमा अध्यक्ष ढकालले नेपालको अर्थतन्त्र र देशको अर्थतन्त्रको विकासमा निजीक्षेत्रको भूमिकाको बारेमा चर्चा गर्दै नेपालको वर्तमान आर्थिक अवस्थाका बारेमा पनि जानकारी गराएका थिए ।

सम्बन्धित सामग्री

बेलायती राजाको राज्याभिषेकमा सहभागी हुन भारतीय उपराष्ट्रपति लण्डन प्रस्थान

काठमाडौँ- बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी हुन भारतीय उपराष्ट्रपति जगदीप धनखर आज बिहान बेलायतको राजधानी लण्डनतर्फ प्रस्थान गरेका छन् । भोलि शनिबार राजा चार्ल्सको राज्याभिषेक हुँदैछ । दुईदिने बेलायत भ्रमणका क्रममा उनले राज्याभिषेक समारोहमा सहभागी हुने विश्वका विभिन्न सरकार एवम् राष्ट्र प्रमुखसँग सामूहिक भेट गर्ने कार्यक्रम छ । समारोहमा विश्वका करिब दुई हजार विशिष्ट […]

चीनको बेल्ट एण्ड रोड परियोजनामा विश्वका १५० देश सहभागी

बेइजिङ। चिनियाँ राष्ट्रपति सी चिनफिङको महत्वकांक्षी परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई)मा विश्वका १५० देश सहभागी भएका छन्। चिनियाँ स्टेट काउन्सीलर तथा विदेशमन्त्री वाङ यीले उक्त जानकारी दिएका हुन्। सन् २०२२ मा बीआरआईमा थप पाँच देश जोडिएको उनले बताए। सन् २०२३ मा बीआरआई परियोजनालाई लिएर तेस्रो अन्तर्राष्ट्रिय फोरमको आयोजना गर्ने तयारी चीनको रहेको छ। बीआरआईमा नेपाल पनि सहभागी रहेको छ।(बीबीसी)

राष्ट्रपति भण्डारी विभिन्न कार्यक्रममा सहभागी हुँदै

काठमाडौँ,२३ कार्तिक । विश्वका महिला राजनीतिज्ञको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स्’ (डब्लुपिएल) को कार्यक्रममा सहभागी हुन आइसल्यान्ड पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार त्यहाँ विभिन्न कार्यक्रममा सहभागी हुँदै छिन् । राष्ट्रपति भण्डारी त्यहाँको स्थानीय समयअनुसार बुधबार मध्याह्न १२ बजे महिला राजनीतिक नेतृत्व मञ्चको परिषद् बैठकमा विशिष्ट अतिथिका रुपमा सहभागी हुने तथा १ः४५ बजे महिला राजनीतिक नेतृत्व मञ्चको […]

आइसल्याण्ड पुगेकी राष्ट्रपति भण्डारी विभिन्न कार्यक्रममा सहभागी हुँदै

काठमाडाैँ- विश्वका महिला राजनीतिज्ञको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स्’ (डब्लुपिएल) को कार्यक्रममा सहभागी हुन आइसल्यान्ड पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार त्यहाँ विभिन्न कार्यक्रममा सहभागी हुँदै छिन्। राष्ट्रपति भण्डारी त्यहाँको स्थानीय समयअनुसार बुधबार मध्याह्न १२ बजे महिला राजनीतिक नेतृत्व मञ्चको परिषद् बैठकमा विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुने तथा १ः४५ बजे महिला राजनीतिक नेतृत्व मञ्चको सम्मेलनलाई प्रमुख वक्ताका […]

विश्वका नेताहरुद्वारा आबेको हत्याको निन्दा, कसले के लेखे?

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या भएको छ। उनको हत्याप्रति विश्वले निन्दा गरेको छ। पूर्वप्रधानमन्त्री आबेमाथि चुनावी प्रचारमा सहभागी हुँदै गर्दा गोली प्रहार भएको थियो। जापान जहाँ 'गन भायलेन्स' र 'पोलिटिकल भ्यालेन्स'का घटना दुर्लभ जस्तै हुन्छन्, त्यहाँ पूर्वप्रधानमन्त्रीको नै गोली प्रहार गरी हत्या भएको छ। विश्वका नेताहरुको यस्तो प्रतिक्रिया जापानी प्रधानमन्त्री…

असंलग्नताको सिद्धान्तले विश्वका वर्तमान समस्या हल गर्छ : सभामुख सापकोटा

२० असार, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले असंलग्नताको सिद्धान्तले मात्रै वर्तमान विश्वका समस्या हल गर्न सक्ने विषयमा असंलग्न राष्ट्रहरुका बीचमा समान धारणा बनेको बताएका छन् । अजरबैजानको राजधानी बाकुमा सम्पन्न ‘असंलग्न आन्दोलनको संसदीय सञ्जाल’को सम्मेलनमा सहभागी भएर आइतबार बेलुकी स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभामुख सापकोटाले सो जानकारी दिएका हुन् । संयुक्त […]

प्लाष्टिक व्यवस्थापनमा अन्तर्राष्ट्रिय सम्झौता गर्न विश्वका नेता सहमत

संयुक्त राष्ट्र संघीय वातावरण साधारण सभामा सहभागी विश्वका १७३ देशका नेता, वातावरणमन्त्री तथा अन्य प्रतिनिधि प्लाष्टिकसम्बन्धी एक छुट्टै अन्तर्राष्ट्रिय सम्झौता गर्न सहमत भएका छन्।...

पुटिन र सी चिनफिङ जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा किन सहभागी भएनन् ?

जलवायु परिवर्तनसम्बन्धी बेलायतको ग्लास्गोमा आयोजित सम्मेलनमा विश्वका शक्तिशाली देशका नेताहरु सहभागी भए । उनीहरुले जलवायु परिवर्तनको चुनौतीको सामना गर्न महत्वपूर्ण घोषणाहरु गरे । तर, सम्मेलनमा विश्वका केही शक्तिशाली नेताहरु सहभागी भएनन् । त्यसमा धेरैको चासो बन्यो । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी चिनफिङ सम्मेलनमा सहभागी भएनन् । यसलाई अमेरिकी राष्ट्रपति जोय वाइडेनले […]

सीपीसीको विश्वका राजनीतिक पार्टीसँगको सम्मेलनमा नेपालबाट को को सहभागी

काठमाडौं, २२ असार । चिनियाँ कम्युनिस्ट पार्टी र विश्वका राजनीतिक पार्टीबीचको भर्चुअल सम्मेलनमा विश्वका एक सय ६० भन्दा बढी मुलुकबाट विभिन्न राजनीतिक दल तथा संगठनका ५ सय नेता र एक हजार प्रतिनिधि सहभागी छन् । सम्मेलनमा नेपालबाट पनि मुख्य राजनीतिक दलका नेताहरु सहभागी छन् । भर्चुअल माध्यमले गरिएको सम्बोधनमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी […]

एमडीआरटी २०२१ मा सहभागी हुन जाने अभिकर्तालाई नेपाल लाइफले गर्‍यो सम्मान

विश्वका अभिकर्ताहरुको अन्तराष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबुल (एमडीआरटी) २०२१ मा सहभागी हुन योग्य हुने अभिकर्ताहरूलाई सम्मान गरिएको कम्पनीले जनाएको छ