अवैध रूपमा सञ्चालित कवाड गोदाममा रोहिणी गाउँपालिकाको एक्स्काभेटर

रुपन्देहीको रोहिणी गाउँपालिकाले सीमा क्षेत्रमा रहेको कवाडको गोदाममा एक्स्काभेटर  चलाएको छ । शनिबार बिहान कवाड गोदाममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय जनप्रतिनिधि तथा स्थानीयबासीको उपस्थितिमा एक्स्काभेटर लगाइएको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले बताए ।