हिउँ छिचोलेर उपल्लो डोल्पामा खाद्यान्न ओसार्दै स्थानीय‚ कम्पनीको डिपोमा छैन चामल

सुर्खेत : डोल्पाको छार्का ताङसोङ गाउँपालिका–६ का श्यामा तेन्जिन गुरुङलाई आफ्नो घरमा खाद्यान्न कसरी पुर्‍याउने चिन्ताले सताएको छ। कात्तिकदेखि उपल्लो डोल्पाका अधिकांश बस्तीमा हिमपातले बाटो बन्द हुने भएपछि गुरुङलाई जसरी भए पनि चिसो मौसममा परिवार पाल्न खाद्यान्नको जोहो गर्नु परेको छ।उनको ८ जनाको परिवार छ। वर्षमा एक पटक मात्र फल्ने अन्न उवाले सबै घर परिवारलाई पाल्न मुस्किल भएपछि सदरमुकाम दुनैबाट चामल ढुवानी गरेर गाउँ लैजानुपर्ने गुरुङको बाध्यता हो।सदरमुकाम मात्र सडक सञ्जालमा जोडिए