शिक्षालाई व्यवहारसँग जोड्ने उपाय

 हाम्रो शिक्षा प्रणालीलाई कसरी जीवन उपयोगी बनाउन सकिन्छ भन्ने विषयमा पछिल्लो समय चासो र चिन्ता बढेको छ । प्राज्ञिक क्षेत्रमा शिक्षालाई जीवनोपयोगी बनाउनका लागि छलफल र बहसहरू पनि सञ्चालनमा छन् । नेपालका विश्वविद्यालयहरूबाट औपचारिक शिक्षामा स्नातकोत्तर तथा स्नातक तह उत्तीर्ण भएका विद्यार्थी रोजगारीका लागि निरन्तरको दौडमा भए पनि आवश्यक सङ्ख्यामा रोजगारी प्राप्त गर्न नसकेर विदेशिन बाध्य छन् । हाम्रा विश्वविद्यालयहरू बेरोजगार युवाहरू उत्पादन गर्ने कारखानाका रूपमा परिभाषित हुँदै आएका छन् ।डिजाइन ग