निसानामा व्यापारिक भवन

काठमाडौं महानगरपालिकाले सोमबार राजधानीका ठूला व्यापारिक भवनको स्थलगत अनुगमन गर्दै अवैध संरचना हटाउने कार्यलाई तीव्रता दिएको छ।...

सम्बन्धित सामग्री

बाराहीचोकको पार्कभित्र व्यापारिक भवन निर्माणमा रोक

पोखरा । लेकसाइडको वाराहीचोकस्थित भीएनवाई (नेपाल भ्रमण वर्ष) पार्कमा कुनै पनि नाममा व्यापारिक संरचना नबनाउन अदालतले आदेश दिएको छ । उच्च अदालत पोखराका न्यायाधीश मिलनकुमार राई र अमृतबहादुर बस्नेतको संयुक्त इजलासले कुनै पनि बहानामा व्यापारिक संरचना नबनाउन विपक्षीको नाममा निषेधाज्ञाको रिट आदेश जारी गरेको हो । सूर्य नेपाल प्रालिले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत १ करोड ४० […] The post बाराहीचोकको पार्कभित्र व्यापारिक भवन निर्माणमा रोक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रहरी कार्यालय हटाएर व्यापारिक भवन बनाउन खोजेको भन्दै स्थानीयको विरोध

ललितपुर महानगरले लगनखेलस्थित प्रहरी कार्यालय हटाएर व्यापारिक भवन बनाउन लागेको भन्दै स्थानीयवासी विरोधमा उत्रिएका छन् । चलखेलका आधारमा सरकारी जग्गामा व्यापारिक भवन बनाउन लागिएको भन्दै उनीहरू महानगरविरुद्ध उत्रिएका हुन् ।  महानगरपालिकाले केही व्यापारीको...

नेशनल लाइफले सात तले भवन निर्माण गर्ने

नेशनल लाइफ इन्स्योरेन्सले नेपालगञ्ज सुर्खेत रोडमा अत्याधुनिक सेवा सुविधासहितको व्यापारिक भवन निर्माण गर्ने भएको छ।...

नेपालगञ्जमा नेशनल लाइफको सुविधा सम्पन्न व्यापारिक भवन बन्दै

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालगञ्जमा अत्याधुनिक सुविधा सम्पन्न व्यापारिक भवन निर्माण गर्ने भएको छ । करिब ३५ करोडको लगानीमा ७ तल्ले भवन निर्माण हुन लागेको कम्पनीले जनाएको छ । भवनको शिलान्यास कम्पनीकी अध्यक्ष प्रेमाराज्य लक्ष्मी सिंहले एक कार्यक्रमकाबीच गरेकी छन् । शिलान्यास कार्यक्रममा १०० जनाको उपस्थिती रहेको थियो । नेपालगञ्जस्थित सुर्खेत रोडमा […]

बाल मन्दिरको जग्गामा व्यापारिक भवन निर्माण

बाल मन्दिरको नाममा रहेको कित्ता नम्बर ११६४ मा पर्ने १ रोपनी सात आना ३ पैसा दुई दाम जग्गामा बिना अनुमति व्यवसायिक भवन बनाएर भाडामा लगाइ अनाधिकृत प्रयोग गरेको जनाउँदै बाल मन्दिरले लिखित रुपमा जग्गा फिर्ता गर्न माग गरेको छ ।

इरानमा व्यापारिक भवन भत्किँदा १९ जनाको ज्यान गयो, ३७ जना घाइते

इरानको दक्षिण पश्चिमी सहर अबादानमा १० तले व्यापारिक भवन भत्किँदा १९ जनाको ज्यान गएको छ । अरु ३७ जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको खुजेष्टन प्रान्तका उप–गभर्नर एहसन अब्बासपुरलाई उदृत गरी इरानको अर्ध–सरकारी समाचार संस्था, आईएसएनएले जनाएको छ । व्यस्त सहरमा निर्माणाधीन भवन भत्किँदा फसेकाहरुको उद्धारका लागि सुरक्षाकर्मीसहित झन्डै २ हजार जना परिचालन गरिएको छ । इरान सरकारले उद्धार कार्यलाई अन्तिम समयसम्म जारी राख्ने जनाएको छ ।

इरानमा व्यापारिक भवन भत्किँदा १९ जनाको मृत्यु

इरानको दक्षिणपश्चिमी शहर अबादानमा १० तले व्यापारिक भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ । स्थानीय अधिकारीलाई उद्धृत गर्दै बिहीबार इरानको अर्ध–सरकारी समाचार संस्था, आइएसएनएले जनाएको छ । अहिलेसम्म उक्त दुर्घटनामा ३७ जना घाइते भएको जानकारी प्राप्त भएको छ । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको खुजेष्टन प्रान्तका उप गभर्नर एहसन अब्बासपुरले आइएसएनएलाई बताए ।अब्बासपुर र अन्य स्रोतबाट प्राप्त रिपोर्टअनुसार उद्धार कार्यमा लगभग दुई हजार उद्धारकहरू संलग्न रहेको बताइएको छ । सरकारले

हेटौंडामा भ्यूटावरसहितको १३ तलाको भवन निर्माण सम्झौता

२० मंसिर, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले हेटौंडा –४ हुप्राचौरमा १३ तलाको बहुउद्देश्यीय व्यापारिक भवन निर्माणको लागि सम्झौता गरेको छ । उपमहानगरले व्यापारिक भवन निर्माणका लागि ४७ करोड ९३ लाख रुपैयाँ ७२ हजार रुपैयाँमा लामा, रसुवा, बानियाँ जेभीसँग सम्झौता गरेको छ । मेयर हरिबहादुर महतले हेटौंडामा अहिलेसम्मकै ठूलो लगानीमा बसपार्कमा बस टर्मिनल, थानाभ¥याङमा तरकारी थोक बजार […]