भूकम्प सुरक्षा दिवसको मुख्य कार्यक्रम पाटन दरबार स्क्वायरमा हुने

नेपाल सरकारले २४ औँ भूकम्प सुरक्षा दिवस मूल समारोहको मुख्य कार्यक्रम ललितपुर महानगरपालिकाको पाटन दरबार स्क्वायरमा गर्ने भएको छ । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा गृहमन्त्रालमा आज भएको भूकम्प सुरक्षा दिवस, २०७८ मूल समारोह समितिको बैठकले भूकम्प सुरक्षा दिवसको मूल कार्यक्रम पाटनमा गर्ने  निर्णय गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवा सो समारोहमा प्रमुख अतिथि रहनेछन् ।विसं १९९० माघ २ गते महाभूकम्पबाट भएको क्षति र सम्झनास्वरुप वि.सं २०५५ देखि हरेक वर्ष सोही दिन भूकम्प सुरक्षा दिवस मनाइँदै

सम्बन्धित सामग्री

२४औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस : राष्ट्रिय भवन संहिता कार्यान्वयनमा जोड

काठमाडौं, (नेस) । भूकम्पीय जोखिम न्यूनीकरण गर्न राष्ट्रिय भवन संहिता कार्यान्वयनमा जोड दिइएको छ । भवन संहिताविपरीत घर तथा भवन निर्माण हुँदा भूकम्पको समयमा ठूलो जनधनको क्षति हुने भन्दै सरोकारवाला निकायले भवन संहिता कार्यान्वयनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । २४औं भूकम्प सुरक्षा दिवसको अवसरमा आइतबार ललितपुर महानगरपालिकाको पाटन दरबार स्क्वायर क्षेत्रमा स्वास्थ्य मापदण्ड पालना […]