गण्डकी प्रदेश माओवादी केन्द्रले सरकारमा जाने तीनजना मन्त्रीको टुङ्गो लगाएको छ । नयाँ सरकार गठन भएको झण्डै डेढ महिना वितिसक्दा समेत सत्तारुढ दलबीच मन्त्रालयको भागबण्डा र पार्टीका तर्फबाट मन्त्री हुनेको टुङ्गो लगाउन नसक्दा मन्त्रिपरिषद विस्तार हुन सकेको थिएन ।बिहीबार बसेको माओवादीको बैठकले सरकारमा जाने थप तीनजना सांसदको नाम सिफारिस गरेको हो । कास्कीका रामजी बराल, स्याङ्जाका दीपक चर्तीमगर र बागलुङका चन्द्रबहादुर बुढालाई मन्त्री बनाउन माओवादीले सिफारिस गरेको हो । मन्त्री बन्ने तीन जनाको नाम सिफ