मधेस प्रदेशमा यसपालि तीन दिन होली : माध्यमिकी परिक्रमाका यात्री जनकपुरधाम आइपुगे

काठमाण्डाै - मधेस प्रदेशमा यसपालि तीन दिन होली पर्व मनाइने भएको छ । तिथि र माध्यमिकी परिक्रमाका कारण यसपालि आज, भोलि र पर्सि होली मनाउन लागिएको हो । पर्वते समुदायले आज, मधेसी समुदायले पूर्णिमा तिथिमा भोलि र मिथिला क्षेत्रमा माध्यमिकी परिक्रमाको जनकपुरधाममा गरिने अन्तर्गृह परिक्रमा सम्पन्न गरेर त्यसको भोलिपल्ट होली मनाउने परम्परा छ । यसअनुसार आज जनकपुरधाम आइपुगेको परिक्रमा भोलि अन्तर्गृह परिक्रमा गरी शनिवार होली मनाउने तयारीमा छ । माध्यमिकी परिक्रमाका यात्री डोलासहित आज जनकपुर आएका छन् । धन...