प्राधिकरणको नाफा १६ अर्ब १६ करोड रुपैयाँ, चुहावट रोकेर मात्रै २ अर्ब थप आम्दानी

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणको वार्षिक नाफा बढेर १६ अर्ब १६ करोड रुपैयाँ पुगेको छ। प्राधिकरणले बुधबार ३७ औं बार्षिकोत्षव कार्यक्रमको आयोजना गर्दै  प्राधिकरणको नाफा १६ अर्ब नाघेको सार्वजनिक गरेको हो। अघिल्ला आर्थिक वर्षमा ६ अर्ब १० करोड खुद नाफामा सीमित भएको प्राधिकरणले नाफा बढाउँदै सरकारी संस्थामध्ये सबैभन्दा बढि आम्दानी र नाफा कमाउने संस्था बनेको छ। […]