तेस्रो त्रैमाससम्ममा नेपालमा १४ करोड बराबरको सुनका गरगहना आयात

चालू आर्थिक वर्ष (आव) को तेस्रो त्रैमाससम्ममा नेपालमा १४ करोड बराबरको सुनका गरगहना आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आवको ९ महिनाको तथ्यांकले यस्तो देखाएको हो । परिमाणका आधारमा साढे ३२ केजी बराबरको सुनको गरगहना आयात भएको छ ।चैत महिनामा मात्र रू. ७ करोड २८ लाख ३९ हजारको सुनका गरगहना आयात भएको छ । गत फागुन मसान्तसम्ममा नेपालमा रू. ६ करोड ७३ लाख ६७ हजार बराबरको सुनका गरगहना आयात भएको थियो । चैत मसान्तसम्म आउँदा त्यो बढेर १४ करोड २ लाख ६ हजार रुपैयाँ पुगको हो ।चालू आवको ८ महिनाको अवध

सम्बन्धित सामग्री

वैशाख १२ गतेयता सुनको आयात ठप्प

काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि लागू गरिएको बन्दाबन्दीका कारण वैशाख महीनामा सुनको आयात ह्वात्तै घटेको छ । भन्सार विभागले आइतवार सार्वजनिक गरेको चालू आवको १० महीनाको तथ्यांकले यस्तो देखाएको हो । तथ्यांकअनुसार वैशाखमा १ अर्ब ७५ करोड ७७ लाख रुपैयाँको सुन आयात भएको छ, जुन सामान्य अवस्थाको भन्दा कम हो । वैशाख अघिसम्म मासिक औसत २ अर्ब १४ करोड रुपैयाँको सुन आयात हुने भएको देखिन्छ । चैतमा ३ अर्ब २ करोड ७१ लाख रुपैयाँ बराबरको सुन आयात भएको थियो । परिमाणका आधारमा वैशाखमा २५८ केजी सुन आयात भएको छ । वैशाख महीना विवाहको सिजन भएकाले सुनको आयात उच्च मात्रामा हुने गर्छ । तर, यसपटक भने निषेधाज्ञाका कारण आयात घटाउनुपरेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यले बताए । ‘वैशाख विवाहको समय भएकाले सुनका गरगहना किन्ने ग्राहक पनि बढी हुन्छन् । तर, निषेधाज्ञा शुरू भएपछि सुनका गरगहनाको व्यापार पनि त्यति भएन,’ उनले भने, ‘व्यापार नभएपछि सुनको आयात घटेको हो । चैत १२ गतेयता त सुनको आयात नै गरिएको छैन ।’ नेपालमा सुन किन्ने अधिकार वाणिज्य बैंकहरूलाई मात्र छ । तर, वाणिज्य बैंकहरूले महासंघको सिफारिशका आधारमा सुन आयात गर्ने गरेका छन् । अहिले निषेधाज्ञाका कारण व्यवसाय पनि नभएकाले बैंकहरूलाई सुन आयात गर्न नभनिएको महासंघको भनाइ छ । चालू आवको १० महीनामा नेपालमा २१ अर्ब ६ करोड ८३ लाख रुपैयाँको सुन आयात भएको छ । सो अवधिमा ३ हजार १८ केजी सुन आयात भएको हो । वैशाखमा सुनको आयात कम भए पनि १० महीनामा भने सुनको आयात गत आवको सोही अवधिको तुलनामा ५७ प्रतिशतले बढेको छ । गत आवको वैशाख मसान्तसम्ममा १३ अर्ब ४६ करोड रुपैयाँ बराबरको २ हजार ४०० केजी सुन आयात भएको थियो । चालू आवको समीक्षा अवधिमा टर्कीबाट २ अर्ब १२ करोड २२ लाख र यूएईबाट १८ अर्ब ९४ करोड ६१ लाख रुपैयाँ बराबरको सुन आयात भएको तथ्यांक छ ।

कालीगढ अभाव : बढ्यो सुनका गरगहनाको आयात

काठमाडौं । चालू आर्थिक वर्ष (आव) को तेस्रो त्रैमाससम्ममा नेपालमा १४ करोड बराबरको सुनका गरगहना आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आवको ९ महीनाको तथ्यांकले यस्तो देखाएको हो । परिमाणका आधारमा साढे ३२ केजी बराबरको सुनको गरगहना आयात भएको छ । चैत महीनामा मात्र रू. ७ करोड २८ लाख ३९ हजारको सुनका गरगहना आयात भएको छ । गत फागुन मसान्तसम्ममा नेपालमा रू. ६ करोड ७३ लाख ६७ हजार बराबरको सुनका गरगहना आयात भएको थियो । चैत मसान्तसम्म आउँदा त्यो बढेर १४ करोड २ लाख ६ हजार रुपैयाँ पुगको हो । चालू आवको ८ महीनाको अवधिमा जति सुनका गरगहना आयात भएको थियो, त्यो भन्दा बढी चैत १ महीनामै आयात भएको छ । ८ महीना (साउनदेखि फागुनससम्म) मा ६ करोड ७३ लाखको सुनका गरगहना आयात भएको थियो भने चैत १ महीनामै ७ करोड २८ लाख रुपैयाँ बराबरको सुनका गरगहना आयात भएको छ । कोरोना संकटका कारण सुनका गरगहना बनाउने कालीगढको अभाव भएपछि गरहगनाको आयात बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले कालीगढहरूको अभाव भएको र सुनको माग बढेकाले गरगहनाको आयात बढेको बताए । ‘नेपाली सुनचाँदी बजारमा करीब ७५ प्रतिशत भारतीय कालीगढ छन् । तर, कोरोनाका कारण उनीहरू पर्याप्त मात्रामा यहाँ आउन सकेका छैनन् । यहाँका कालीगढ पनि छरिएका छन् । वैशाखमा हुने विवाह कार्यक्रमका लागि माग बढ्दै गएपछि त्यसअनुसार सुनका गरगहना बनाउन सक्ने अवस्था भएन,’ उनले भने, ‘त्यसको असरले चैतमा सुनका गरगहनाको आयात ह्वात्तै बढेको हो ।’ सामान्यतया नेपालमा बन्न नसक्ने विदेशी डिजाइनका गरगहना आयात गरिन्छ । यसपटक नेपालमा कालीगढको अभाव भएपछि नेपालमै बन्ने डिजाइनका गरगहना पनि आयात गरिएको व्यवसायीहरू बताउँछन् । गत आवको तेस्रो त्रैमाससम्ममा रू. ५ करोड ६० लाख बराबरको गरगहना आयात भएको थियो । वार्षिक विन्दुगत आधारमा पनि सुनका गरगहनाको आयात १५० प्रतिशतले बढेको देखिन्छ । पूर्वाधार र जनशक्तिको आधारमा नेपाली सुनचाँदी बजार विश्व बजारमा प्रचलित डिजाइनका गरगहना बनाउन सक्छ । तर, पछिल्लो समय सुनका गरगहनाको आयात भने बढ्दै गएको व्यवसायीहरू बताउँछन् । नेपालमा बहराइन, कोरिया, हङकङ, मलेशिया, पाकिस्तान, पोर्चुगल, कतार, ओमन, नर्वे, साउदी अरब, सिंगापुर, थाइल्यान्ड, टर्की, यूएई, लन्डन, आइसल्यान्डबाट सुनका गरगहना आयात भएको विभागको तथ्यांक छ । पछिल्लो समय नेपालमा विदेशी डिजाइनका गरगहनाको माग बढ्दो क्रममा रहेको छ । नेपाली ग्राहकले विदेशी फिल्मी डिजाइनका गरगहना लगाउन थालेका छन् । फलस्वरूप सुनका गरगहनाको आयात बढ्न थालेको महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यले पनि सुनका गरगहनाको आयात अस्वाभाविक रहेको बताए । सरकारले यसलाई विस्थापन गर्नेगरी नीति ल्याउनुपर्ने उनको भनाइ छ । ‘सुनका गरगहना आयात गर्नुभन्दा काँचो सुन नै आयात गर्नु फाइदाजनक हुन्छ । यसका लागि सरकारले सही नीति ल्याउनुपर्छ ।’

चैतमा औसतभन्दा बढी सुन आयात

काठमाडौं । चालू आर्थिक वर्षको चैत महीनामा नेपालमा औसतभन्दा बढी सुन आयात भएको छ । चालू आवका अन्य महीनाहरूमा औसतमा रू. २ अर्ब १४ करोड बराबरको सुन आयात हुने गरेको थियो । तर, चैत महीनामा भने रू. ३ अर्ब २ करोड ७१ लाख बराबरको सुन आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्यांकअनुसार यस महीनामा ४६० केजी सुन नेपाल भित्रिएको छ । परिमाणका आधारमा यो वर्ष मासिक औसतमा ३०० केजी सुन आयात हुँदै आएको थियो । चैतमा त्योभन्दा बढी सुनको आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । वैशाख महीनामा हुने विवाहजस्ता कार्यक्रमलाई लक्षित गरेर सुनको आयात बढाउँदा यस्तो देखिएको हो । नेपालमा वैशाख महीनामा पनि विवाहका कार्यक्रम बढी हुने गर्छन् । विवाहमा सुनका गरगहना लगाउने, उपहार स्वरूप सुनकै गरगहना आदानप्रदान गर्ने प्रचलन छ । त्यसका कारण नेपालमा यस समयमा सुनको खपत बढी हुन्छ । त्यसैले चैत महीनामा सुनको आयात बढी गर्दै आएको छ । वैशाखमा हुने विवाहलाई लक्षित गरेर चैतमा सुनको आयात बढाइएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यले बताए । ‘विवाहको सिजनका कारण वैशाखमा सुनको खपत बढी हुन्छ । सोही अवस्थालाई दृष्टिगत गर्दै चैतमा सुनको आयात बढाएका हौं,’ उनले भने, ‘कोरोना विपद्का कारण लामो समयसम्म विवाहका कार्यक्रम पनि हुन सकेका थिएनन् । तर, यसपालि विवाहका कार्यक्रम व्यापक मात्रामा हुने अपेक्षा छ ।’ गत चैत २४ गतेदेखि वैशाखको पहिलो हप्तामा मात्रै ५०० केजीभन्दा बढी सुन आयात भएको उनको भनाइ छ । कोरोना प्रभाव नबढेमा अबका दिनमा सुनको व्यापार राम्रै हुने उनको अनुमान छ । गत चैतदेखि सुनको आयात परिमाण दैनिक १० केजीबाट बढाएर २० केजी पु¥याइएको छ । त्यसको असरले पनि सुनको आयात बढ्न सहयोग पुगेको हो । नेपालमा सुन आयात गर्न पाउने अधिकार वाणिज्य बैंकहरूलाई मात्रा छ । बैंकहरूले नेपाल सुनचाँदी व्यवसायी महासंघको सहकार्यमा सुन आयात गर्दै आएका छन् । चालू आवको चैतसम्म नेपालमा रू. १९ अर्ब ३१ करोड ६ लाख बराबरको सुन आयात भएको छ । यो गत आवको सोही अवधिको तुलनामा ४३ दशमलव ४६ प्रतिशतले बढी हो । गत आवको चैत मसान्तसम्म रू. १३ अर्ब ४६ करोडको सुन आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । विभागका अनुसार चालू आवमा नेपालमा २ हजार ७६० केजी सुन आयात भएको छ । यूएईबाट १७ अर्ब १८ करोड र टर्कीबाट २ अर्ब १३ करोड बराबरको सुन आयात भएको छ । कोरोना भाइरसका कारण अर्थतन्त्र प्रभावित भई सुनको मूल्य अत्यधिक बढेपछि चालू आवको शुरूको चरणमा नेपालमा यसको कारोबार ठप्पजस्तै भएको थियो । कोरोना रोकथाम गर्न लगाइएको बन्दाबन्दी तथा निषेधाज्ञाले सुन व्यवसाय प्रभावित भएको थियो । त्यसैले चालू आवको शुरूको चरणमा सुनको आयात न्यून थियो । तर, पछिल्लो समय बजार खुलेर माग बढेपछि सुनको आयात बढ्दै गएको हो ।