महामारीका कारण अन्तर्राष्ट्रिय आप्रवासनमा झण्डै ३० प्रतिशतले कमी आयोः राष्ट्रसंघ

एजेन्सी । कोरोनाभाइरस महामारीका कारण विश्वव्यापी आप्रवासन दरमा अघिल्लो वर्षको तुलनामा झण्डै ३० प्रतिशतले कमी आएको संयुक्त राष्ट्रसंघले जानकारी गराएको छ । सन् २०१९ र २०२० बीचमा करिब २० लाख कम व्यक्ति आप्रवासीका रूपमा विदेशीएका शुक्रबार सार्वजनिक राष्ट्रसंघको प्रतिवेदनमा उल्लेख गरिएको छ । २०२० मा लगभग २८ करोड १० लाख मानिसहरू आफ्नो मूल देश बाहिर बसिरहेका तथ्याङ्कमा उल्लेख छ ।  ‘अन्तर्राष्ट्रिय आप्रबासन २०२०’ शीर्षकको प्रतिवेदनमा दर्ता गराइएको दुई तिहाई आप्रवासीहरू २० देशहरूमा

सम्बन्धित सामग्री

रुस-युक्रेन युद्धका कारण अफ्रिकी देशहरूमा देखियो खाद्य संकट : संयुक्त राष्ट्रसंघ

बैशाख २०, (रासस/सिन्ह्वा) । रूस-युक्रेन द्वन्द्वले अफ्रिकाका देशहरुमा आर्थिक तथा खाद्यान्न संकट देखा परेको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले अफ्रिकी देशहरूमा संकट देखिएको बताएका हुन् । उनले भने 'युक्रेनमा पछिल्ला दिनहरुमा बढ्दै गएको द्वन्द्वका कारण अफ्रिकामा आर्थिक लगायतको समस्या परेको छ ।' उनले युक्रेनमा रुसले गरेको हमलापछि बढेको द्वन्द्वका कारण अफ्रिकी देशहरुमा खाद्यान्न, ऊर्जा र आर्थिक संकट परेको उल्लेख गरेको समाचारमा जनाइएको छ । महासचिव गुटरेसले पछिल्लो समयमा यस्तो संकट झनै बढ्दै गएको भन्दै यसलाई कम गर्नका लागि विश्वका दाता देशहरु, अन्तरराष्ट्रिय संस्थाहरुलाई पनि आग्रह गरे । उनले यस्तो संकटको अवस्थामा कमी ल्याउन युक्रेन सहयोग समूह नै स्थापना भएको र यसमार्फत् पनि के कसो गर्न सकिन्छ भनेर तयारी भएको पनि बताएको समाचारमा जनाइएको छ । रुसले युक्रेनमा आक्रमण गरेपछि विश्वमा तेलको समस्या उत्पन्न भएको बताइएको थियो । जसका कारणले पछिल्लो समयमा आर्थिक संकट मात्र नभएर खाद्यान्न लगायतको समस्या पनि उत्पन्न भएको हो ।

मालीमा हिंसात्मक घटनामा कमी आएन

काठमाडौं- गत वर्षको पछिल्लो छ महिनामा पश्चिम अफ्रिकी मुलुक मालीमा कम्तिमा ८ सय ८६ नागरिक मारिएको, घाइते भएको वा बेपत्ता भएको तथ्यांक सार्वजनिक भएको छ । मालीस्थित संयुक्त राष्ट्रसंघ बहुआयामिक एकीकृत स्थिरता मिसन मिनुस्माले प्रकाशित गरेको प्रतिवेदनमा यस्तो तथ्यांक सार्वजनिक भएको हो । पीडित मध्ये ४० बालबालिका र ६५ जना महिला रहेको मिनुस्माले जनाएको छ […]

विश्व भोकमरी सूचकाङ्कमा नेपालको अवस्था भारतको भन्दा राम्रो

असोज ३०, संयुक्त राष्ट्रसंघ । विश्व भोकमरी सूचकाङ्कमा नेपाल ७६ औं स्थानमा रहेको छ ।  संयुक्त राष्ट्रसंघ सम्वद्ध संस्था खाद्य तथा कृषि संगठन (एफएओ) द्वारा शुक्रवार सार्वजनिक तथ्यांक अनुसार ११७ ओटा देश सम्मिलित सूचीमा नेपाल भारतभन्दा धेरै अगाडि रहेको छ । विश्व भोकमरी सूचकाङ्कमा भारतलाई पाकिस्तानभन्दा खराव स्थितिमा राखिएको छ । भारतको ग्लोबल हंगर इन्डेक्स (जीएचआई) स्कोर २७ दशमलव ५ रहेको छ । भारतको सूचकाङ्क ११७ ओटा देशमध्ये १०१ औ स्थानमा रहेको छ भने पाकिस्तान ९२ औं, म्यानमार ७१ औं स्थान, बंंग्लादेश ७६ औं  स्थान र नेपाल पनि ७६ औं स्थानमा रहेको छ । तर भारतले उक्त सूचकाङ्क गलत रहेको भन्दै आपत्ति प्रकट गरेको छ । भारतको महिला एवं बाल कल्याण मन्त्रालयले अल्पपोषण या कुपोषण को वैज्ञानिक तरीकाबाट मापन हुनुपर्नेमा काल्पनिक तरिकाले मापन भएको भन्दै विरोध गरेको छ । अघिल्लो वर्ष भारतको भोकमरी सूचकाङ्क १०७ ओटा देशमा ९४ औं स्थानमा थियो । यो सूचकाङ्कले भारतमा भोकमरीको अवस्था चिन्ताजनक रहेको देखाउँछ । उता चीन, ब्राजील तथा कुवेतसहित १८ ओटा देशले भने टप र्यान्क हासिल गरेका छन् । ती देशको जीएचआई स्कोर पाँचभन्दा कम रहेको छ । ४ दशमलव ९ वा सोभन्दा कम अंक प्राप्त गर्ने मुलुकलाई न्यून भोकमरीको अवस्थाको मुलुकको सूचीमा राख्ने गरिएको छ । विश्व भोकमरी सूचकाङ्क विश्वव्यापी भोकमरीको अवस्था जनाउने तथ्याङ्क हो। यसको गणना वार्षिक रूपमा गर्ने गरिन्छ भने यसको नतिजा प्रत्येक वर्षको अक्टोबरमा जारी गर्ने गरिन्छ ।  सन् २००० यता विश्वमै भोकमरीमा निकै गिरावट भएपछि सन् २०२० को प्रतिवेदन अनुसार विश्वव्यापी तहको भोकमरीलाई मध्यम स्तरमा वर्गीकृत गर्न थालिएको छ । भोकमरी सूचकाङ्क सार्वजनिक गर्न थालेपछि धेरै राष्ट्रहरूले सन् २००० देखि भोकमरीमा कमी ल्याएका छन् तर केही देशहरूमा भोकमरी कायम छ भने केहीमा झन् -झन् खराब हुँदै गइरहेको छ। यो सूची तयार गर्दा कुपोषित बालबालिकाको संख्या, बाल मृत्युदर, बच्चाको लम्बाइअनुसार तौल नहुनु लगायतलाई आधार मानिएको छ ।एजेन्सीहरु

लेबनानका ३० प्रतिशत बालबालिका खाद्य अभावको चपेटामा

बेरुत : लेबनानका ३० प्रतिशतभन्दा बढी बालबालिकालाई खाद्य अभावको समस्या रहेको पाइएको छ । संयुक्त राष्ट्रसंघ बालकोष (युनिसेफ)ले बिहीबार सार्वजनिक गरेको तथ्यांकमा अघिल्लो महिना ३० प्रतिशतभन्दा बढी बालबालिकालाई खाद्य अभाव रहेको उल्लेख छ ।   'खाद्य अभावको समस्यामा कमी आएको पाइएको छैन, खाद्य अभावको समस्या नराम्रो अवस्थामा …

लेबनानका ३० प्रतिशत बालबालिका खाद्य अभावको चपेटामा

बेरुत : लेबनानका ३० प्रतिशतभन्दा बढी बालबालिकालाई खाद्य अभावको समस्या रहेको पाइएको छ । संयुक्त राष्ट्रसंघ बालकोष (युनिसेफ)ले बिहीबार सार्वजनिक गरेको तथ्यांकमा अघिल्लो महिना ३० प्रतिशतभन्दा बढी बालबालिकालाई खाद्य अभाव रहेको उल्लेख छ ।   'खाद्य अभावको समस्यामा कमी आएको पाइएको छैन, खाद्य अभावको समस्या नराम्रो अवस्थामा …

लेवनानका ३० प्रतिशत बालबालिका खाद्य अभावको चपेटामा

लेवनानका ३० प्रतिशतभन्दा बढी बालबालिकालाई खाद्य अभावको समस्या रहेको पाइएको छ। संयुक्त राष्ट्रसंघ बालकोष (युनिसेफ)ले बिहीबार सार्वजनिक गरेको तथ्यांकमा अघिल्लो महिना ३० प्रतिशतभन्दा बढी बालबालिकालाई खाद्य अभाव रहेको उल्लेख छ।'खाद्य अभावको समस्यामा कमी आएको पाइएको छैन। खाद्य अभावको समस्या नराम्रो अवस्थामा छ। यसले बालबालिकाको स्वास्थ्य, शिक्षा र अन्य विकासमा समेत समस्या उत्पन्न गराएको छ', लेवनानका लागि युनिसेफका प्रतिनिधि युकेइ मोकौले भने। 'लेवनानका दश मध्ये एक बालबालिका काममा जाने

लेबनानका ३० प्रतिशत बालबालिका खाद्य अभावको चपेटामा

एजेन्सी। लेबनानका ३० प्रतिशतभन्दा बढी बालबालिकाले खाद्य अभावको समस्या झेलिरहेका छन्। संयुक्त राष्ट्रसंघ बालकोष (युनिसेफ)ले बिहीबार सार्वजनिक गरेको तथ्यांकमा अघिल्लो महिना ३० प्रतिशतभन्दा बढी बालबालिकालाई खाद्य अभाव रहेको उल्लेख छ। “खाद्य अभावको समस्यामा कमी आएको पाइएको छैन, खाद्य अभावको समस्या नराम्रो अवस्थामा छ, यसले बालबालिकाको स्वास्थ्य, शिक्षा र अन्य विकासमा समेत समस्या उत्पन्न गराएको छ,” युनिसेफले बताएको छ।

नेपाललाई घरेलु स्रोतको परिचालन गर्न सुझाव

दातृ निकायले गरेको वाचाअनुसार लगानी नगर्दा अतिकम विकसित मुलुकहरू ऋणको चपेटामा पर्न थालेको एक अध्ययनले देखाएको छ । संयुक्त राष्ट्रसंघ अन्तर्गतको व्यापार तथा विकास सम्मेलन (यूएनसीटीएडी)ले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार दिगो विकासको लक्ष्य हासिल गर्न विकसित मुलुकहरूले आफूले गरेको बाचा पूरा गर्न सकेका छैनन् । जसले गर्दा अतिकम विकसित मुलुकहरूको घरेलु बचतमा कमी आएको र दिगो विकासका लक्ष्यहरूको भार अझै थपिदै गएको छ ।