प्रदेश १ : नेकपा (एस) मा सनाखत गर्ने १० प्रदेश सांसदले पाए मान्यता

नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गरेका प्रदेश १ का १० जना एमाले सांसदको सनाखतलाई निर्वाचन आयोगले आज मान्यता दिएको छ ।  निर्वाचन आयोगले प्रदेश निर्वाचन आयोगमा सूचना पठाउने तयारी गरिरहेको निर्वाचन आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले जानकारी दिए ।  आयोगमा पुगेर प्रदेश १ का प्रदेश सभा सदस्यहरू राजन राई, खिनु लङ्वा लिम्बू, पदमकुमारी गुरुङ, गणेशबहादुर कामवाङ, सुनिताकुमारी चौधरी, सावित्राकुमारी रेग्मी, सरिता थापा, कृष्णकुमारी राई, उपेन्द्रप्रसाद घिमिरे र राजेन्द्रकुमार राईले नेकपा (एस) मा हस्ताक्ष...