काठमाण्डौ – त्रिभुवन विश्वविद्यालयले प्रश्नपत्रमा लापर्बाही गर्ने चार शिक्षकलाई कारबाही गरेको छ । त्रिवि कार्यकारी परिषद्को बैठकले प्रश्नपत्र हुबहु बनाउने शिक्षकलाई तीन वर्षसम्म त्रिविअन्तर्गतका कुनै पनि क्याम्पसमा पढाउन नपाउने र तीन वर्षसम्म कुनै पनि परीक्षामा संलग्न नगराउने गरी कारबाही गरिएको त्रिविले आज बिहीवार निकालेको विज्ञप्तिमा उल्लेख छ ।
त्रिविमा मानविकी सङ्कायले गएको जेठ १८ गते स्नातकोत्तर तह तेस्रो सेमेस्टरको अर्थशास्त्र विषयअन्तर्गत पब्लिक इकोनोमिक्स र जेठ २३ गते स्नातकोत्तर तहको राजनीतिशास्त्रको पहिलो सेमेस्टरको इन्...