पूर्व ब्याडमिन्टन खेलाडी प्रकाश पादुकोण, उनकी पत्नी उज्जला र छोरी अनीषा पादुकोणलाई कोरोना भाइरस संक्रमण देखिएको छ ।
खेलाडी प्रकाश अभिनेत्री दीपिका पादुकोणका बुवा हुन् ।
प्रकाश पादुकोणलाई १ हप्ता अघिदेखि आएको ज्वरो कम नभएपछि शनिवार बंगलुरुको अस्पतालमा भर्ना गरिएको छ । दीपिका पादुकोणकी बहिनी र आमा घरमै आइसोलेसनमा रहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।