चेल्सीलाई हराउँदै लेस्टर सिटीले जित्यो एफएक कप

काठमाडौं। चेल्सीलाई १–० ले हराउँदै लेस्टर सिटीले एफए कप फुटबलको उपाधि जितेको छ। गएराति भएको फाइनलमा चेल्सीलाई हराएर लेस्टर सिटीले पहिलोपटक एफए कपको उपाधि जितेको हो। सन् १९६९ पछि पहिलोपटक फाइनलमा पुगेको लेस्टरले पहिलोपटक उपाधि जितेको हो । यसअघि लेष्टर चार पटक फाइनलमा पराजित भएको थियो । चेल्सीले गोल गर्ने केही मौका गुमाउँदा सिजनको पहिलो उपाधि उचाल्ने मौका गुमायो।