प्रदेश–३ को नाम बागमती हुने, स्थायी राजधानी हेटौंडा

प्रदेश नम्बर ३ को स्थायी राजधानी हेटौंडा नै कायम हुने निश्चित भएको छ । प्रदेशको नाम भने बागमती राखिनेछ । प्रदेशमा दुईतिहाई मत रहेकोे नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सचिवालय बैठकले स्थायी राजधानी र नामाकरणको टुङ्गो लगाएको हो । सचिवालयको निर्णय पार्टी प्रदेश समिति हुँदै प्रदेश संसदीय दलमा सिफारिस हुनेछ ।

सम्बन्धित सामग्री

बागमती प्रदेश सभा हलसमेत बनेन, ठूला योजना गफमै सीमित

तीन वर्ष अघि प्रदेश ३ को स्थायी राजधानी र नाम किने सकसपूर्ण ढंगले बल्ल बल्ल तोकिएको थियो । २०७६ पुषमा स्थायी राजधानी हेटौंडा तोकिएपछी प्रदेश सरकारलाई चाहिने भौतिक संरचनाहरु बढाउन र निर्माण प्रक्रियाको सुरुवात गर्न थालियो ।

प्रदेश–३ को नाम बागमती, स्थायी राजधानी हेटौंडा

प्रदेश नम्बर ३ को नामाकरण र स्थायी राजधानीको अन्तिम टुङ्गो लागेको छ । प्रदेशको नाम बागमती र स्थायी राजधानी हेटौंडा कायम भएको छ । नेपालको संविधानको धारा २८८ को उपधारा २ तथा प्रदेशसभा नियमावली २०७४ को नियम २८ को उपनियम १ को खण्ड ख बमोजिम प्रदेशसभाको दुईतिहाईभन्दा बढी मतले स्थायी राजधानी र नामाकरण गरिएको हो ।

हेटौँडामा दीप प्रज्ज्वलन गरेर राजधानी र नामकरणको स्वागत

हेटौँडा : प्रदेशसभाको बैठकबाट स्थायी राजधानी र नाम पारित गरेको खुशीयालीमा हेटौंडाको विभिन्न स्थानमा स्वागत गरिएको छ। राजधानी हेटौंडा र नाम बागमती कायम गर्ने प्रदेशका सबै सांसदलाई धन्यवाद दिँदै निर्णयको स्वागत गरिएको हो। हेटौँडामा रहेका विभिन्न संघसंस्थाले आइतबार साँझ बुद्ध चोकमा निर्णयको स्वागत गर्दै दीप प्रज्ज्वलन गरेको ...

https://www.onlinekhabar.com/2020/01/827856

२७ पुस, हेटौंडा । प्रदेश तीनको नाम बागमती र स्थायी राजधानी हेटौंडा कायम भएको छ ।  प्रदेशसभाको आइतबार बसेको बैठकले प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाएको हो । प्रदेशको नाममा एउटा मात्र प्रस्ताव बागमती दर्ता …

नेकपा प्रदेश ३ को संसदीय दलद्वारा नाम बाग्मती र राजधानी हेटौंडा पारित

प्रदेश ३ को स्थायी राजधानी र नामको बारेमा छलफल गर्न बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश संसदीय दलको वैठकले प्रदेशको स्थायी राजधानी हेटौँडा र नाम बागमती प्रस्ताव गर्ने भएको छ ।

सहमति नजुटेपछि हेटौंडाको पक्षमा ह्विप जारी गर्ने तयारी

नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सचिवालयले प्रदेश ३ को नाम बागमती र स्थायी राजधानी हेटौंडा कायम गर्न दिएको निर्देशन प्रदेश संसदीय दलभित्र सहजै सहमति नभएपछि सांसदहरूलाई ह्विप जारी गर्ने तयारी भएको छ । केन्द्रको निर्णय अनुमोदन गर्न गत पुस १८ गतेयता चार पटकसम्म प्रदेश संसदीय दलको बैठक बसे पनि निष्कर्ष निस्कन नसकेपछि नेकपा सांसदहरूलाई केन्द्रको निर्णय कार्यान्वयन गर्न ह्विप जारी गर्ने तयारी गरिएको पार्टी स्रोतले जनाएको छ ।