स्पेन बाहिरियो, इटाली यूरो कपको फाइनलमा पुग्यो

इटाली यूरो कप फुटबल २०२० को फाइनलमा पुगेको छ । स्पेनलाई पेनाल्टी शूट आउटमा हराएर इटाली यूरो कपको फाइनलमा स्थान सुरक्षित गरेको छ । स्पेन आफ्नो फुटबल इतिहासमा पहिलो पटक सेमीफाइनलमा हार बेहोरेको छ । इटालीले भने लगातार १३ औं खेल जित्यो । इंग्ल्याण्डको वेम्ब्ली रङशालामा अतिरिक्त समयको खेल १–१ को बराबरीमा सम्पन्न भएपछि खेल पेनाल्टी शूट आउटमा गएको थियो । पेनाल्टी शूट आउटमा इटालीले स्पेनलाई ४–२ ले पछि पार्यो । अल्भारो मोराटोको प्रहार बचाउँदा जोर्गिन्होले गोल गर्दै इटालीलाई फाइनलमा पुर्याउनुभयो । फाइनलमा इटालीले आइतबार इंग्ल्याण्ड र डेनमार्कबीचको विजेतासँग स्पर्धा गर्नेछन् ।

सम्बन्धित सामग्री

इटालीको विश्व कीर्तिमानी अपराजित यात्रामा स्पेनको पूर्णविराम

इटालीको विश्व कीर्तिमानी ३७ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ । सान सिरोमा स्पेनले १० खेलाडीमा सीमित इटालीलाई २–१ गोलले हराउँदै यूईएफए नेसन्स लिगको फाइनलमा स्थान बनाउन सफल भएको हो । योसँगै यूरो २०२० को सेमिफाइनलमा इटालीसँग बेहोरेको हारको बदला लिन पनि स्पेन सफल भएको छ ।म्यानचेस्टर सिटीका फरान टोरेसले खेलको १७ औँ मिनेटमा गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । खेलको ४२ औँ मिनेटमा लियोनार्डो बोनुचीले दोस्रो पहेँलो कार्ड पाउँदै मैदान छाड्न बाध्य भएपछि इटाली १० खेलाडीमा सीमित बन्यो । य

यूरो कपमा कुन क्लबबाट धेरै खेलाडी बाँकी रहेका छन् ?

यूरो कपमा सहभागी २४ टोलीमध्ये अब मात्र चार टोली बाँकी रहेका छन् । सेमिफाइनलमा डेनमार्क, इङ्ग्ल्याण्ड, इटाली र स्पेन भिड्दैछन् ।प्रतियोगितामा थुप्रै बलिया टोलीहरु चाँडै नै बिदा भए । साबिक विजेता पोर्चुगल र विश्व विजेता फ्रान्सलाई बेल्जियम र स्वीटजरल्याण्डले अन्तिम १६ मा हरायो भने नेदरल्याण्ड पनि चेक रिपब्लिकसँग पराजित भयो । योसँगै ...

स्पेन र इटाली सेमिफाइनलमा : RajdhaniDaily.com

RajdhaniDaily.com | लन्डन । स्पेन र इटाली यूरो कपको सेमिफाइनलमा पुगेका छन् । स्पेनले स्वीट्जरल्यान्डलाई टाइब्रेकरमा र इटालीले बेल्जियमलाई २–१ ले पराजित गरेर सेमिफाइनलमा - यूरो कप

बेल्जियमलाई हराउँदै इटाली सेमीफाइनलमा पुग्यो

इटाली यूरो कप फुटबलको सेमीफाइनलमा पुगेको छ । सेमीफाइनलमा इटालीले स्पेनको सामना गर्नेछ । स्पेन र इटालीबीचको सेमीफाइनल खेल मंगलबार वेम्ब्लीमा हुनेछ । गए राति अबेर सम्पन्न खेलमा इटालीले बेल्जियमलाई २–१ ले हराउँदै यूरो कप फुटबलमा सेमीफाइनलको यात्रा तय गरेको हो । इटालीले प्रतियोगिताको सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । बेल्जियमलाई हराउँदै इटालीले लगातार १३ औं जित हात पार्यो । इटाली लगातार ३२ खेलमा अपराजित रहेको छ ।

यूरो २०२० : यस्तो अवस्थामा फ्रान्ससँग हारे पनि पोर्चुगल अन्तिम–१६ मा छनोट हुने

आज यूरो २०२० को समूह चरणका अन्तिम खेलहरु भइरहेका छन् । आजको खेलपछि अन्तिम १६ को अन्तिम समीकरण तय हुनेछ ।हालसम्म १० वटा टोली समूह विजेता र उपविजेता बनेर नकआउट चरणमा प्रवेश गरिसकेका छन् । यसमा इटाली, वेल्स, बेल्जियम, डेनमार्क, नेदरल्याण्ड, अस्ट्रिया, इंग्ल्याड, क्रोएसिया, स्वीडेन र स्पेन रहेका छन् । त्यस्तै, स्वीटजरल्याण्ड, चेक रिपब्लिक र युक्रेनले पनि उत्कृष्ट तेस्रो टोली बनेर अन्तिम १६ मा आफ्नो स्थान पक्का गरेका छन् ।अब समूह एफको खेलको टुंगो लाग्न बाँकी रहेको छ । फ्रान्सले पनि अन्तिम १६ मा