वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–२८) नेपालका लागि उपलब्धिमूलक भएको बताएका छन् । यूनाइटेड अरब इमिरेट्स (यूएई)को दुबईमा आयोजना भएको सम्मेलनमा सहभागी भई नेपाल फर्कने क्रममा महतोले यसपटकको सम्मेलनमा नेपालका मुद्दाबारे चर्चा हुनुका साथै प्राथमिकता पाएको बताए ।