काठमाडौं । विदेशमा नेपाली कुरमुरे, कुरकुरे लेज र चिजबल रुचाइएको पाइएको छ । भन्सार विभागको चालू आर्थिक वर्ष (आव)को ८ महीनाको तथ्यांकले नेपालबाट यी खानेकुराको निर्यात बढेको देखाएको छ ।
तथ्यांकअनुसार गत साउनदेखि फागुनसम्म नेपालबाट ११ करोड ३८ लाख १२ हजार रुपैयाँको २ लाख ११ हजार ६९६ किलोग्राम कुरकुरे, कुरमुरे र चिजबल निर्यात भएको छ । गत वर्षको सोही अवधिमा भने नेपालबाट ४ करोड ५६ लाख ६९ हजार रुपैयाँ बराबरको ८१ हजार ५५१ किलोग्राम उक्त खानेकुरा विदेश निकासी भएको थियो । गत वर्षको साेही अवधिको तुलनामा उक्त खानेकुराको निर्यात मूल्यमा १४९ प्रतिशतले र परिमाणमा १५९ प्रतिशतले बढेको छ ।
यो वर्षमा यी वस्तु निर्यात हुने देश पनि थपिएका छन् । गत वर्ष ७ ओटा मुलुकमा कुरमुरे, कुरकुरे लेज र चिजबल निर्यात भएकोमा यो वर्ष ती देशको संख्या २० पुगेको छ ।
नेपालबाट भुटान, इटाली, भारत, अस्ट्रेलिया, इजरायल, बहराइन, संयुक्त अरब इमिरेट्स, कुवेत, न्युजिल्याण्ड, कतार, संयुक्त अधिराज्य (युनाइटेड किंगडम), ओमान, सिङ्गापुर, संयुक्त राज्य अमेरिका, क्यानडा, जर्मनी, फिनल्याण्ड, बेल्जियम, मलेशिया,सेशेल्स लगायतका देशमा यी वस्तु निकासी हुने गरेको विभागको तथ्यांकले देखाएको छ ।
८ महीनामा कुन देशमा कति निर्यात ?
देश
परिमाण (किलोग्राममा)
मूल्य (रु हजारमा)
भुटान
91,583
43,199
इटाली
33,806
17,937
भारत
29,266
16,781
अस्ट्रेलिया
30,566
16,085
इजरायल
6,228
5,897
बहराइन
2,807
2,326
संयुक्त अरब इमिरेट्स
2,607
2,137
कुवेत
2,061
1,360
न्युजिल्याण्ड
1,363
1,343
कतार
2,138
1,272
संयुक्त अधिराज्य
2,274
1,271
ओमान
1,776
1,122
सिङ्गापुर
1,680
803
संयुक्त राज्य अमेरिका
722
684
क्यानडा
1,136
603
जर्मनी
420
292
फिनल्याण्ड
462
275
बेल्जियम
436
223
मलेसिया
318
173
सेशेल्स
47
27
स्रोत : भन्सार विभाग ।