बैंक अफ काठमाण्डौं र हेफर नेपालबीच वित्तीय साक्षरतासम्बन्धी सहकार्य हुने भएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत ग्रामीण क्षेत्रहरुमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्न हेफर नेपालसँग सम्झौता गरेको जनाएको छ । बैंकिङ्ग क्षेत्र भन्दा बाहिर रहेकालाई चेतना अभिवृद्धि र वित्तीय कारोबारमा प्रोत्साहन गरि बैंकिङ्ग पहुँचमा ल्याउन सहकार्य गरिएको बैंकले जनाएको छ । सम्झौता पत्रमा बैंकका प्रमुख संस्थागत निक्षेप दिलिप पोखरेल र हेफर नेपालका प्रमुख डा. शुभनाथ महतोले