केआईसिंह गाउँपालिकामा कांग्रेसको जित

डोटी : डोटीको केआईसिंह गाउँपालिकामा नेपाली कांग्रेसले जित हात पारेको छ। गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष लगायत चार वटा वडाको नेतृत्वले समेत कांग्रेसले जितेको छ।नेपाली कांग्रेसको तर्फका अध्यक्षका उम्मेदवार लोकेन्द्र बहादुर शाही र उपाध्यक्षका उम्मेदवार मीनादेवी बिष्टले दोस्रो पटक जित हात पारेका हुन्। २०७४ सालको स्थानीय तहको निर्वाचनमा समेत उनीहरु दुवैजना निर्वाचित भएका थिए।अध्यक्षमा विजयी भएका शाहीले ४२६३ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका केशव नाथ योगील