हेलम्बुमा पनि बाढीले उस्तै विनाश : ५० भन्दा बढी सम्पर्कबिहीन; बगर बने बस्ती, अधिकांश पुल बगे !

मेलम्ची र इन्द्रावती खोलामा पहिरो मिसिएर आएको बाढीका कारण सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका सयौं घरमा क्षति पुगेको छ। उक्त गाउँपालिकाको वडा नम्बर २ का वडाध्यक्ष छिरिङ ग्याल्बु लामाका अनुसार वडा नम्बर १,२,३,४,६ र ७ मा सबैभन्दा बढी क्षति भएको छ। अहिलेसम्म उक्त गाउँपालिकाका ६० भन्दा बढी मानिसहरू बेपत्ता रहेको उनले बताए। ‘मेलम्चीको खोला पहिलेको भन्दा १५ मिटरमाथि आएको छ, पहिलेको खोला अहिले सतहबाट १५० मिटर फराकिलो भएर बगिरहेको छ,’ वडाध्यक्ष लामाले भने, ‘वडा नम्बर १ को माथि हिम टापु फुटेको हो क...