राष्ट्रपतिद्वारा तीन जनालाई राजदूतमा नियुक्त

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले तीन जनालाई राजदूत नियुक्त गरेकी छन्। सरकारको सिफारिसमा राष्ट्रपतिले ओमनको राजदूतमा डोरनाथ अर्याल, साउदी अरेबियाको राजदूतमा नवराज सुवेदी र श्रीलंकाको राजदूतमा वासुदेव मिश्रलाई नियुक्त गरेकी हुन्।