प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभाको बैठक आज पनि अवरुद्ध गर्ने भएको छ । शुक्रवार दिउँसो १ बजे बस्ने बैठक चल्न नदिने एमालेको तयारी छ ।
‘सत्तापक्ष र सभामुख कतैबाट संवादको प्रयास भएको छैन, हामीले उठाएको प्रश्नको जवाफ नपाएसम्म संसदमा हाम्रो आन्दोलन यथावत् चल्छ,’ एमाले प्रमुख सचेतक विशाल भट्टराईले लोकान्तरसँग भने ।
बुधवार बसेको प्रतिनिधि सभाको तीनवटा बैठकमा एमालेले नाराबाजी गरेको थियो । पार्टीले कारवाहीको लागि सिफारिश गरेका माधव नेपाललगायत १४ सांसदमाथिको कारवाही सदर नगरेको भन्दै...