बालुवाटारमा एमाले बैठक जारी, महाधिवेशन तयारी र संगठनात्मक प्रस्तावमा छलफल

नेकपा एमाले केन्द्रीय कमिटीको १३ औं बैठकको दोस्रो दिनको बैठकमा पार्टीमा संगठनात्मक प्रतिवेदन र महाधिवेशनको विषयमा छलफल भइरहेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार बसिरहेको बैठकमा महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव पेश गरेका छन् ।  महासचिव पोखरेलको प्रस्तावमा २०७९ वैशाख ३० गत भित्र दशौं महाधिवेशन सम्पन्न गर्न प्रस्ताव गरिएको छ । यसअघि २०७८ मंसिरमा महाधिवेशन गर्ने निर्णय भएको भएपनि मंसिरमा प्रतिनिधि सभाको मिति घोषणा भएकोले वैशाखमा महाधिवेशन गर्न प्रस्ताव गरिएको एक सदस्यले जानकारी दिए ।&nb...