सरकारी वकिलको राष्ट्रिय सम्मेलन पुस ८ देखि, को को हुँदैछन् सहभागी?

काठमाडौंः सरकारी वकिलहरुको चौथो राष्ट्रिय सम्मेलन यही पुस ८ गतेदेखि १० गतेसम्म काठमाडौँमा हुने भएको छ। सम्मेलनको नारा ‘फौजदारी न्यायको प्रभावकारिताः कानुनी शासनको सुनिश्चितता’ रहेको छ। मुलुकी अपराध संहितालगायत नयाँ कानुनको कार्यान्वयनको अवस्था र कार्यान्वयनमा देखिएका कठिनाइ तथा चुनौतीको आधारमा सुधारका क्षेत्र पहिचान गर्नु सम्मेलनको उद्देश्य रहेको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ।…