‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस’ को उपलक्ष्यमा ‘जितगढी विजयी दौड(२०७७’ सफलतापूर्वक सम्पन्न भएको छ । २१ किलोमिटर दूरीको सो दौडको लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको प्रमुख आतिथ्यमा पुस २५ गते शुभारम्भ भएको थियो ।
‘जितगढीको शान, नेपालीको पहिचान’ मुल नारासहित आयोजना गरिएको सो कार्यक्रमको मुख्य उद्देश्य सबैमा राष्ट्रिय एकताको भावनामा विकास गर्नु र सबैको साथ र सहकार्यमा प्रमुख ऐतिहासिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण किल्लाहरुको संरक्षण, सम्बर्दन एवं प्रचार प्रस...