सत्ता गठबन्धनले निर्वाचनमा तालमेल गरेर जाने बताए पनि लुम्बिनी प्रदेशमा भने एकीकृत समाजवादी बाहेकको गठबन्धन गरिएको छ । कतिपय जिल्लामा भएका सिट बाँडफाँटमा पनि नेकपा एकीकृत समाजवादीलाई समेटिएको छैन । गठबन्धनमा सहभागी कांग्रेस र माओवादी केन्द्रले वास्ता गर्न छाडेपछि समाजवादीले भने गठबन्धन तोड्ने सम्मको चेतावनी दिएको छ ।गुल्मीका १२ पालिकामा गरिएको चुनावी तालमेलका लागि पनि एकीकृत समाजवादीलाई बेवास्ता गरिएको छ । गुल्मीका १२ पालिकामध्ये आठवटा नेपाली कांग्रेस र चारवटा माओवादी केन्द्रले लिने सहमति भएको छ