नयाँ शिराबाट छलफल हुने अपेक्षासहित नागरिकता विधेयक फिर्ता पठाएकी हुँ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ शिराबाट छलफल हुन्छ भन्ने अपेक्षासहित आफूले नागरिकता विधेयक फिर्ता पठाएको बताएकी छन् । शीतल निवासमा कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा र केन्द्रीय सदस्य तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग छलफल गर्दै दलहरु बीचमा छलफल होस् भन्ने चाहनासहित आफूले विधेयकलाई फिर्ता पठाएको बताएकी हुन् ।

सम्बन्धित सामग्री

नागरिकता विधेयक फिर्ता पठाएसँगै राष्ट्रपति भण्डारी फेरि विवादमा

काठमाडौं, साउन ३० । संघीय संसद्बाट पारित गरी प्रमाणीकरणका लागि पेस गरिएको नागरिकता विधेयक आइतबार फिर्ता पठाएसँगै राष्ट्रपति विद्यादेवी भण्डारी फेरि विवादमा तानिएकी छन्। दोस्रो कार्यकाल सकिन केही महिना बाँकी रहेका बेला राष्ट्रपति भण्डारीले संघीय संसद्ले ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ पारित गरी प्रमाणीकरणका लागि पठाएको दुई सातापछि प्रमाणीकरण नगरी सदनमै […]

राष्ट्रपतिले फिर्ता पठाइन् नागरिकता विधेयक

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएकी छन्। दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाइएको विधेयकले उनले फिर्ता गरेकी हुन्। गत साउन १५ गते सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपति भण्डारी समक्ष पेश गरेका थिए। विधेयक पुनःविचार गर्नुपर्ने भएकाले फिर्ता गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। नागरिकता विधेयक फिर्ता […]

नागरिकता विधेयक फिर्ता गर्ने मुडमा राष्ट्रपति भण्डारी

काठमाडौँ– प्रमाणीकरणका लागि सभामुख अग्निप्रसाद सापकोटाले पेश गरेको ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणिकरण गर्ने वा नगर्नेबारे राष्ट्रपति विद्यादेवी भण्डारीले परामर्श तीव्र पारेकी छिन्। साउन १५ गते दुवै सदनले पारित गरेपछि विधेयक प्रमाणित गरेर प्रमाणीकरणका लागि सापकोटाले राष्ट्रपति कार्यालय पठाएका थिए। पेश भएको १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण वा फिर्ता गर्न सक्ने […]